२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

बर्दियामा पठनपाठनसँगै विद्यार्थी भर्ना अभियान तीव्र

Nada
सन्तोष पौडेल
२०८२ वैशाख २६ गते २०:०८
Shares
बर्दियामा पठनपाठनसँगै विद्यार्थी भर्ना अभियान तीव्र

‎बर्दिया : ‎बर्दियामा पठनपाठन सँगसँगै विद्यार्थी भर्ना अभियान पनि अघि बढेको छ ।

ncell

‎शिक्षकहरूको शैक्षिक हड्तालसँगै सडक आन्दोलनका कारण भर्ना अभियान सुरू हुन नसकेका बर्दियाका  विद्यालयहरूले अहिले पढाइ र भर्ना अभियान सँगसँगै अघि बढाएका छन् । 

‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’  भन्ने आदर्श वाक्यसहित प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशेषता समूह (बि–ग्रुप)को साझेदारी तथा शिक्षा विकास तथा समन्वय इकाई बर्दियाको समन्वय र ठाकुरबाबा, बारबर्दिया, मधुवन नगरपालिका र गेरुवा गाउँपालिकाको सहकार्यमा बालविवाह न्यूनीकरण परियोजना अन्तर्गत विद्यालय भर्ना अभियानलाई तीव्रता दिइएको छ । 

‎कुनै पनि बालबालिका विद्यालय बाहिर नरहुन, सबै विद्यालय जाने उमेरका बालबालिकालाई आफ्नो वरिपरिका पायक पर्ने विद्यालयमा अनिवार्य रुपमा भर्ना गर्ने उद्देश्यले अभियानलाई पालिकाको सहकार्यमा भर्ना अभियानलाई तीव्रता  दिइएको बि–ग्रुपका प्राविधिक संयोजक लक्ष्मी प्रसाद शर्माले बताए । ‘शैक्षिक क्यालेण्डर अनुसार अहिले भर्ना अभियान सकिएर पठन पाठनको समय हो । शिक्षक आन्दोलनमै भर्ना अभियानको अवधि सकियो । अहिले भर्ना अभियान र पठनपाठन संगै अधि बढाएका छौं’ गेरुवा गाउँपालिका  जनता माध्यमिक विद्यालय गोलाका प्रधानाध्यापक सुन्दर लाल चौधरीले भने,‘विद्यालयको पठनपाठन समय भन्दा वाहेक बिहान बेलुका भर्ना अभियान सञ्चालन गरेका छौं ।’

‎विद्यालयको पहुँच बाहिर रहेका बालबालिका पत्ता लगाई घरदैलो गरेर विद्यालय ल्याउने वातावारण तयार गर्न गरिएको घरदैलो अभियान वैशाख महिना भरी सञ्चालन गरिने गेरुवा गाउँपालिका शिक्षा शाखा प्रमुख नवराज अधिकारीले बताए । ‎सरकारले वैशाख २ गतेदेखि १५ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको थियो । तर, सोही समयमा शिक्षकहरूले शैक्षिक हड्तालसँगै सडक आन्दोलन गरेपछि विद्यार्थी भर्ना अभियान प्रभावित बनेको थियो । 

uae

सम्बन्धित खबर