२०८२ वैशाख २६ गते शुक्रवार / May 09 , 2025 , Friday
२०८२ वैशाख २६ गते शुक्रवार
Ads

कांग्रेस आतंकवादको विरुद्धमा छ : प्रवक्ता महत

मध्यान्ह
२०८२ वैशाख २६ गते १२:१७
कांग्रेस आतंकवादको विरुद्धमा छ : प्रवक्ता महत

काठमाडौंः सत्तारुढ दल नेपाली कांग्रेसले कांग्रेस कुनैपनि किसिमको आतंकवादको विरुद्धमा रहेको बताएएका छन् ।

शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि बोल्दै पार्टीका प्रवक्ता डा. प्राकशशरण महतले कांग्रेस आतंकवादको विरुद्धमा रहेको बताएका हुन् ।

उनले भारत र पाकिस्तानको बीचमा भइरहेको द्वन्द्वप्रति पार्टीले निहत्था नागरिकमाथि भएको आक्रमणको निन्दा गरेको बताए । उनले कांग्रेसले आतंकवादको खिलापमा हुने कारबाहीलाई हामी जायज ठान्ने बताए । उनले पाकिस्तान र भारतबीच चाँडै शान्ति कायम होस् भन्ने पक्षमा कांग्रेस रहेको बताए । कांग्रेस आतंकवादलाई निरुत्साहित गर्नेतर्फ रहेको बताए ।

उनले भने, ‘सँगै भारत र पाकिस्तानको बीचमा जुन द्वन्द्व चर्किएको छ । आतंकवादको खिलापमा हुने कारबाहीलाई हामी जायज ठान्छौँ । आतंकवादलाई कसैले पनि प्रश्रय नदिओस् भन्ने पक्षमा छौँ । युद्धको स्थिति सिर्जना भएको  छ, आतंकवादी अखडामाथि आक्रमण भएपछि पाकिस्तानको तर्फबाट पनि जवाफी सिभिलिएनमाथि पनि आक्रमण भएको छ । सैनिक अड्डाहरुमा पनि आक्रमण भएको छ । यो फुलस्केल युद्धको रुपमा परिणत नहोस् । शान्ति चाँडै बहाल होस्, भन्ने हामी चाहन्छौँ । हामी आतंकवादको खिलापमा छौँ । आतंकवादलाई निरुत्साहित गर्नेतर्फ हामी छौँ ।’

ADV

सम्बन्धित खबर