२०८२ वैशाख २६ गते शुक्रवार / May 09 , 2025 , Friday
२०८२ वैशाख २६ गते शुक्रवार
Ads

भारतमा हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु

मध्यान्ह
२०८२ वैशाख २६ गते ११:२३
भारतमा हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौंः भारतको उत्तरी राज्य उत्तराखण्डमा बिहीवार उडान गरिरहेको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । 

गंगा नदीको उद्गमस्थल गंगोत्री तर्फ उडान गरिरहेको निजी हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो । मृत्यु हुनेहरू पर्यटक रहेको प्रहरीले जनाएको छ । 

घाइतेहरूलाई स्थानीय अस्पतालमा सारिएको छ । मानव जीवनको क्षतिप्रति समवेदना व्यक्त गर्दै उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले दुर्घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् । 

ADV

सम्बन्धित खबर