२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

फ्रेडरिख मर्ज जर्मनीको नयाँ चान्सलर निर्वाचित

Nada
२०८२ वैशाख २४ गते १०:२७
Shares
फ्रेडरिख मर्ज जर्मनीको नयाँ चान्सलर निर्वाचित

बर्लिन : फ्रेडरिख मर्ज जर्मनीको दसौँ संघीय प्रमुख (चान्सलर)को रूपमा निर्वाचित भएका छन् । मंगलबार भएको दोस्रो चरणको मतदानमा उनले आवश्यक बहुमत प्राप्त गरी सफलतापूर्वक चयन भएका हुन् ।

ncell

यसअघि बिहान सम्पन्न पहिलो चरणको मतदानमा उनले अपेक्षित मत नपाई पराजय व्यहोरेका थिए ।

पहिलो चरणमा उनले ३१६ मत आवश्यक पर्दा ३१० मत मात्र प्राप्त गरेका थिए । दोस्रो चरणमा भने उनी ३२५ मत प्राप्त गरी संघीय सभाबाट निर्वाचित भएका हुन् ।

६९ वर्षको उमेरमा यो पद सम्हालेका मर्जले यसअघि कहिल्यै उच्च कार्यकारी जिम्मेवारी वहन गरेका थिएनन् । उनी न संघीय मन्त्री हुनुहुन्थ्यो, न राज्य प्रमुख, न त सानो नगरपालिकाको प्रमुख (मेयर) नै। कोनराड एडेनाउरपछि उनी यस्ता सबैभन्दा ज्येष्ठ व्यक्ति हुन्, जसले युद्धपछिको जर्मनीमा संघीय प्रमुखको रूपमा पदभार सम्हालेका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले नव निर्वाचित संघीय प्रमुखलाई बधाई ज्ञापन गर्दै, युरोपसँगको साझेदारीमा जर्मनीको भूमिकामा अझ सशक्तता हुने विश्वास व्यक्त गरेका छन् । जर्मनी, संयुक्त राज्यपछि युक्रेनलाई सबैभन्दा बढी सहायता उपलब्ध गराउने राष्ट्र हो।

नयाँ नेतृत्वबाट दीर्घकालीन राजनीतिक अन्योलको अन्त्य हुने, आर्थिक नीतिमा स्पष्टता आउने, कर प्रणालीमा सुधार तथा भौतिक पूर्वाधारको सुदृढीकरणमार्फत आर्थिक वृद्धि हुने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर