२०८२ असार २३ गते सोमवार / Jul 07 , 2025 , Monday
२०८२ असार २३ गते सोमवार
Ads

२ जिल्लाका पत्रकारलाई तालिम

shivam cement
सुर्य प्रकाश बुढा मगर
२०८२ वैशाख २१ गते १६:०५
२ जिल्लाका पत्रकारलाई तालिम

प्यूठान : लुम्बिनी प्रदेशअन्तर्गत २ जिल्लाका पत्रकारहरूलाई समाचार लेखन र न्यु मिडियासम्बन्धी तालिम दिइएको छ । लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोग तथा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको आयोजनामा आइतबारदेखि प्यूठानको स्वर्गद्वारी नगरपालिका-३ जुलकेमा तालिम सुरु भएको हो ।

तालिममा रोल्पा र प्युठान जिल्लामा कार्यरत ३० जनाभन्दा बढी क्रियाशील पत्रकारहरूको सहभागिता रहेको छ । समाचार लेखन र न्यु मिडियासम्बन्धी तालिम सुरु गरिएको नेपाल पत्रकार महासंघ लुम्बिनीका उपाध्यक्ष रामप्रसाद आचार्यले जानकारी दिए । तालिममा चेतन अधिकारी र माधव अर्याललगायतले प्रशिक्षण दिनेछन् ।

No description available.

ADV

सम्बन्धित खबर

Advertise