२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

एसोसिएसनको वनभोजमा मनोरञ्जनदेखि सिन्डिकेटसम्मको चर्चा

Nada
२०८२ वैशाख १९ गते ०६:२०
Shares
एसोसिएसनको वनभोजमा मनोरञ्जनदेखि सिन्डिकेटसम्मको चर्चा

काठमाडौं : नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले ललितपुरको गोदावरीमा बृहत् व्यवसायी वनभोज कार्यक्रम सम्पन्न गरेको छ । उल्लेख्य संख्यामा व्यवसायी सहभागी वनभोज कार्यक्रममा सांगीतिक प्रस्तुतिसहित मलेसिया सिन्डिकेटको चर्चा चलेको थियो ।

ncell

एसोसिएसनका अध्यक्ष दीपक थापाले म्यानपावर व्यवसायीबीच आपसी एकता भाइचाराको सम्बन्ध र भावना बलियो बनाउने उद्देश्यले वनभोज कार्यक्रम राखिएको जानकारी दिए । वनभोज कार्यक्रमका संयोजक एसोसिएसनका द्वितीय उपाध्यक्ष रामप्रसाद गैरेले कला संस्कृतिको संरक्षणसहित व्यवसायीलाई तनाव मुक्त भइ रचनात्मक एवं सिर्जनात्मक कार्यमा अग्रसर हुन वनभोज कार्यक्रमले प्रेरणा मिल्ने भन्दै निमन्त्रणा स्वीकार गरी सहभागी भएकोमा सबैप्रति आभार प्रकट गरे ।

कार्यक्रममा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङसहित कार्यसमिति पदाधिकारी तथा कार्यसमिति सदस्यहरु, वैदेशिक रोजगार व्यवसायी महिला संघकी अध्यक्ष प्रतिमा महर्जन, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष जनक रावल तथा कार्यसमिति पदाधिकारी र सदस्यहरू, नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका अध्यक्ष धनलाल जैसी, वैदेशिक रोजगार व्यवसायी ललितपुर समाजका अध्यक्ष वरिष्ठ व्यवसायी नवराज केसी, संघका पूर्वअध्यक्ष एवं एसोसिएशनका संस्थापक अध्यक्ष तिलक रानाभाट, संघ तथा एसोसिएसनका पूर्वअध्यक्षहरू, सल्लाहकार तथा सदस्यहरूको सहभागिता रहेको थियो ।

सो अवसरमा आयोजित संक्षिप्त कार्यक्रममा मलेसिया सिन्डिकेटका सन्दर्भमा पनि चर्चा चलेको थियो । केही व्यवसायी ठूला व्यवसायी सिन्डिकेट खडा गर्ने प्रपञ्चमा लागेको भन्दै संघ र एसोसिएसनले खबरदारी गर्नुपर्ने आवाज उठाएका थिए ।

कार्यक्रममा ललितपुर व्यवसायी समाजका अध्यक्ष नवराज केसीले आफू पनि ठूलो व्यवसायीको गन्तीमा पर्ने भएपनि सिन्डिकेटको पक्षमा कहिल्यै नरहेको भन्दै सबै व्यवसायीले स्वतन्त्र रूपमा काम गर्न पाउने पक्षमा सधैं उभिने बताए । व्यवसायी केसीले जबरजस्ती सिन्डिकेट लगाउने प्रयास भएमा व्यवसाय छोडेर भएपनि आम व्यवसायीका साथमा खडा हुने धारणा राखे । कार्यक्रम एसोसिएसनका कार्यवाहक महासचिव तुलसी पुरीले संचालन गरेका थिए ।

सम्बन्धित खबर