२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

युएई र माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

Nada
२०८२ वैशाख १७ गते १८:०४
Shares
युएई र माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौंः वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई र माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ncell

पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका–६ बस्ने धादिङ निलकण्ठ नगरपालिका–६ घर भएका २९ वर्षीय उमेश गुरूङ र काठमाडौं महानगरपालिका–२ घर भएका ५६ वर्षीय सुजन कुमार उप्रेती रहेका छन् ।

पक्राउ मध्ये उमेशले युएई पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ६ लाख रूपैयाँ र सुजनले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट २४ लाख रूपैयाँ लिइ सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उमेशलाई चन्द्रागिरी नगरपालिका–६ बाट सोमबार र सुजनलाई काठमाडौं महानगरपालिका–१ बाट मंगलबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।    

ताजा खबर

सम्बन्धित खबर