२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

नेपाल सरकारको उपसचिव हुँ भनी ठगी गर्ने महिला पक्राउ

Nada
२०८२ वैशाख ९ गते १५:५२
Shares
नेपाल सरकारको उपसचिव हुँ भनी ठगी गर्ने महिला पक्राउ

काठमाडौंः नेपाल सरकारको उपसचिव हुँ भन्दै ठगी गरेको अभियोगमा दैलेख घर भइ ललितपुर महानगरपालिका–२५ बस्ने ४० वर्षीया जानकी न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–११ त्रिपुरेश्वरबाट पक्राउ गरेको हो । 

ncell

जानकीले विभिन्न व्यक्तिलाई फरक फरक परिचय दिइ आफू कानुन मन्त्रालयको उपसचिव हुँ, हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत छु, तपाईलाई विमानस्थलको विभिन्न शीर्षकमा ठेक्का मिलाई दिन्छु सो प्रयोजनको लागि राजस्व र धरौटी रकम जम्मा गर्नुपर्छ भनी ७ लाख ६० हजार ८ सय रूपैयाँ लिएको र अन्य २ जना पीडितहरूलाई अनुदान तथा ठेक्का मिलाई दिन्छु भनी केही रकम लिई ठगी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । 

उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ । 

ताजा खबर

सम्बन्धित खबर