२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

स्रोत नखुलेको १० लाख नेपाली रुपैयाँसहित भारतीय पक्राउ 

Nada
२०८२ वैशाख ८ गते १३:५२
Shares
स्रोत नखुलेको १० लाख नेपाली रुपैयाँसहित भारतीय पक्राउ 

रौतहट: रौतहट प्रहरीले स्रोत नखुलेको १० लाख नेपाली रुपैयाँसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरी टोलीले पथराबुधरामबाट आइतबार दिउँसो पक्राउ गरेको हो ।  

ncell

पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला ग्राम पोष्ट थाना कुन्डवा चैनपुर बजारका २३ वर्षीय राज किशोर ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले बताए । 

उनका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ एसी ९४७७ नम्बरको मोटरसाइकललाई प्रहरीले चेकजाँच गर्ने क्रममा सिटमुनि लुकाएर राखिएको झोलाबाट उक्त रकम बरामद गरिएको हो । 

एक हजार दरको नोट ६ सय थान र ५ सय दरको ८ सय थान नेपाली नोट फेला परेको उनले जानकारी दिए । पक्राउ परेका ठाकुरको साथबाट स्रोत खुल्ने कागज पत्र फेला नपरेको रौतहट प्रहरी प्रवक्ता रायले बताए । यस विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
 

ताजा खबर

सम्बन्धित खबर