२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

‘शितगंगाको विकासमा दत्तचित्त भएर लागेका छौं’

Nada
सूर्यप्रसाद भुसाल
२०८१ असार १७ गते २०:०१
Shares
‘शितगंगाको विकासमा दत्तचित्त भएर लागेका छौं’

अर्घाखाँची : अर्घाखाँचीको शितगंगा नगरपालिका भौगोलिक हिसाबले नेपालीको सबैभन्दा ठूलो नगरपालिका हो । नगरपालिकामा दक्ष जनशक्तिको  निकै अभाव रहेको भएपनि नगरपालिकाका केही कर्मचारीहरु रातदिन नभनी काममा खटिने गरेका छन् । 

ncell

बिहान ७ बजेदेखि राति ८ बजेसम्म दैनिक बिदाको दिनमा समेत नगरपालिकाको योजनाहरुको काम गर्ने कर्मचारी हुन योजना अधिकृत नुमलाल खनाल । 

शीतगंगा नगरपालिकाले संविधानले दिएको अधिकार प्रयोग गर्दै स्थानीय पूर्वाधार विकास, सेवा प्रवाह र अनुगमन तथा नियमनलाई प्राथमिकतामा राखेर कार्य सम्पादन गर्दै आएको योजना अधिकृत खनाल बताउँछन् । 

‘स्थानीय पूर्वाधार विकासका सन्दर्भमा नगरपालिकाले तर्जुमा गरेको दश वर्षे आवधिक विकास योजना अनुसार वार्षिक बजेटमा पूर्वाधारका आयोजनाहरु समावेश गरी कार्यान्वयन गर्दै आएका छौं’ खनालले भने,‘हामी दैनिक योजना अनुगमनमा समेत खटिने गरेका छौं ।’

सेवाप्रवाहतर्फ १४ वडा कार्यालयबाट प्रशासनिक काम हुँदै आएको छ । योजनाहरु वडामा सम्झौता गर्ने नीति अनुसार काम गरेको अधिकृत खनालको दाबी छ । नगरका १०९ वटा सामुदायिक विद्यालय र २ वटा सामुदायिक सिकाइ केन्द्रबाट शिक्षा सम्बन्धी सेवा र ३७ वटा स्वास्थ्य संस्थाबाट स्वास्थ्यसँग सम्बन्धित विविध सेवाहरु प्रदान गर्दै आएको योजना अधिकृत खनालले बताए ।

त्यसैगरी नगरपालिकाका १४ वटा विषयगत शाखाबाट समेत आ–आफ्नो विषयगत क्षेत्रअनुसार नीति निर्माण र कार्यान्वयन हुँदै आएको भएपनि भौगोलिक हिसाबले भने  काम गर्न समस्या हुने गरेको खनालले बताए । विकास निर्माणलाई तोकिएको समय, लागत र गुणस्तरमा सम्पन्न गर्न नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलगायत आवश्यकता अनुसार अन्य कर्मचारीहरुबाट समेत अनुगमनको काम निरन्तर गरिएको छ । 

कामको गुणस्तर कायम गर्न प्राविधिक कर्मचारीहरुलाई विशेष सचेत गराइएको छ भने अनुगमनका चरणमा समेत गुणस्तरमा ध्यान दिइएको छ । यसरी नगरपालिकाबाट प्रदान गरिने सबै किसिमका सेवाहरु सरल तथा प्रभावकारी ढंगबाट प्रदान गर्न नगरपालिकाले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरी कार्य सम्पादन गर्दै आएको छ ।

नगरपालिका कामको हिसाबले योजना अधिकृत खनालको भरमा अगाडि बढेको छ । साविक जिल्ला विकासको कर्मचारीबाट स्थानीय तह बनेपछि शितगंगा नगरपालिकामा योजना अधिकृतको रुपमा समायोजन भएका अधिकृत खनाल जिल्लाबासीका लोकप्रिय अनुभवी कर्मचारी हुन् ।

uae

सम्बन्धित खबर