२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

न्यायिक समितिको सञ्जाल बैठक परिवर्तनमा हुने

Nada
सुर्य प्रकाश बुढा मगर
२०८१ फागुन २२ गते १५:१९
Shares
न्यायिक समितिको सञ्जाल बैठक परिवर्तनमा हुने

रोल्पा : रोल्पा जिल्लाका स्थानीय तहहरुको न्यायिक समितिको सञ्जाल बैठक परिवर्तन गाउँपालिकामा हुने भएको छ । परिवर्तन गाउँपालिका न्यायिक समितिको आयोजनामा शुक्रबार परिवर्तन गाउँपालिकाको सभाहल पुतलाचौरमा १ दिने बैठक आयोजना गर्न लागिएको हो ।

ncell

बैठकमा सुनछहरी गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक ननकला घर्ती, लुङ्ग्री गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक दिलकुमारी गुरुङ, सुनिलस्मृति गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक मिना थापा, रुन्टीगढी गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक सरिता केसी, त्रिवेणी गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक लेखमणि डाँगी, गंगादेव गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक अमृता कुमारी केसी, माडी गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक जयपुरी घर्ती, थबाङ गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक शर्मिला बुढा मगर सहभागी हुने निश्चित भएको परिवर्तन गाउँपालिका न्यायिक समितिले जानकारी दिएको छ ।

रोल्पा नगरपालिकाकाकी उपमेयर गीता आचार्य भने अनुपस्थित हुने भएकी छन् । सोही दिन रोल्पा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन कार्यक्रम रहेकाले आचार्य उपस्थित हुन नसक्ने जानकारी गराएको परिवर्तन गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक कलादेवी खत्रेनीले जानकारी दिइन् ।

बैठकमा उपस्थित न्यायिक समितिका संयोजकहरुले आ-आफ्नो स्थानीय तहमा भएका न्यायिक क्षेत्रमा भएका क्रियाकलापको प्रगति प्रतिवेदन, न्यायिक समितिमा कति मुद्दा आए, कतिको फर्छ्यौट भए, मेलमिलाप केन्द्रबाट प्राप्त भएका विवरण मेलमिलापकर्ताले प्रस्तुत गर्ने, कुन-कुन प्रकारका मुद्दा बढी आए, कुन-कुन प्रकारका मुद्दा कम आएलगायतका विषयमा छलफल हुने र आगामी दिनमा रोल्पा जिल्ला न्यायिक समितिको सञ्जाल बैठक कुन स्थानीय तहले गर्ने भनेर बैठकले निर्धारण गर्ने जनाइएको छ ।

रोल्पा जिल्ला न्यायिक समिति सञ्जाल बैठक पहिलो पटक सुनिलस्मृति गाउँपालिकाको सुलिचौरमा २०८० फागुनमा भएको थियो । परिवर्तन गाउँपालिकामा हुन गइरहेको बैठक दोस्रो हो ।

uae

सम्बन्धित खबर