२०८२ कार्तिक १९ गते बुधवार / Nov 05 , 2025 , Wednesday
२०८२ कार्तिक १९ गते बुधवार
Ads

ट्याक्टरले किचेर मुगुमा एक बालकको मृत्यु

shivam cement
२०८१ असार १६ गते १९:२४
Shares
ट्याक्टरले किचेर मुगुमा एक बालकको मृत्यु

मुगु : मुगुमा ट्याक्टरले किच्दा एक बालकको मृत्यु भएको छ । छायांनाथ रारा–४ चौतारामा  ट्याक्टरले किच्दा छायांनाथ रारा नगरपालिका–४ बस्ने राजकुमार रोकायाका दुई वर्षका छोरा सुप्रिम रोकायाको मृत्यु भएको हो ।

आइतबार साँझ बजारबाट घर जाने क्रममा घर नजिकै चौतारामा लु५ त ३१४ नम्बरको ट्याक्टरले किच्दा रोकायाको मृत्यु भएको हो । चालक छायांनाथ रारा नगरपालिका–१० बस्ने २२ वर्षीय धनबहादुर बडुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतक रोकायाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ भने चालक बडुवाल अहिले अचेत अवस्था रहेकाले घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ट्याक्टर छायांनाथ रारा नगरपालिका–१ बस्ने लोकबहादुर हितानको रहेको बताइएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर