२०८२ कार्तिक ५ गते बुधवार / Oct 22 , 2025 , Wednesday
२०८२ कार्तिक ५ गते बुधवार
Ads

वैदेशिक रोजगारीको प्रलोभनमा पारी ठगी गर्ने व्यक्ति पक्राउ

shivam cement
मध्यान्ह
२०८१ फागुन ९ गते १६:२६
वैदेशिक रोजगारीको प्रलोभनमा पारी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौंः वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा दमक नगरपालिका–५ घर भइ काठमाडौं महानगरपालिका–७ बस्ने २७ वर्षीय डाईमण्ड सम्बाहाम्फेलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

डाईमण्डले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ३८ हजार रूपैयाँ लिइ सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका७ बाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

ADV

सम्बन्धित खबर

Advertise