२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

अमेरिका पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ

Nada
२०८१ फागुन ६ गते १५:१०
Shares
अमेरिका पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ

काठमाडौंः वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा उदयपुर वेलका नगरपालिका–४ घर भइ काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ बस्ने ३२ वर्षीया शर्मिला बिष्टलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

ncell

शर्मिलाले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिइ सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर