२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

नाबालिकालाई यौन पेसामा लगाउने स्पा संचालिका पक्राउ

Nada
२०८१ फागुन ५ गते १२:३०
Shares
नाबालिकालाई यौन पेसामा लगाउने स्पा संचालिका पक्राउ

काठमाडौंः नाबालिकालाई यौन पेसामा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका–२६ ठमेल सातघुम्तीस्थित हिमालयन नेचुरल स्पाकी संचालिका पक्राउ परेकी छन् ।

ncell

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका–५ घर भएकी ४१ वर्षीया स्मृति भन्ने रमिला गौतम रहेकी छन् । गौतमलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

उक्त स्पामा पार्लरको काम गराउने भनी आर्थिक प्रलोभनमा पारी स्पामा मसाज गर्नको लागि आउने ग्राहकहरूसँग जबरजस्ती यौन पेसामा लगाएको भन्ने पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न रमिलालाई काठमाडौं ठमेलबाट पक्राउ गरेको हो । 

उनीउपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ताजा खबर

सम्बन्धित खबर