२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण

Nada
सूर्यप्रसाद भुसाल
२०८१ असार १४ गते २१:०६
Shares
विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण

अर्घाखाँची : विश्व वातावरण दिवस तथा वृक्षारोपण दिवसको  अवसरमा सन्धिखर्क नगरपालिका वडा नम्बर १० अर्घामा वृहत्  वृक्षारोपण कार्यक्रम सम्पन्न  भएको छ ।   

ncell

डिभिजनल वन अधिकृत  ईश्वरीप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले बिरुवा रोप्ने भन्दा पनि बिरुवाको स्याहार सुसार गर्ने मलजल गर्ने काममा सबै स्थानीयवासीले ध्यान दिनुपर्नेमा जोड दिएका थिए । 

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले बिरुवा रोप्ने कामलाई स्थानीय सरकारले पनि निरन्तरता दिएको बताउँदै सन्धिखर्क नगरपालिकाका नजिक रहेका सबै खोला किनारा विशेष गरी चुत्राबेसीका विभिन्न ठाउँमा बिरुवालाई एक घर, एक बिरुवा रोपणको कामलाई निरन्तरता दिन लागेको बताए । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले अर्घाखाँची जिल्लालाई हरियाली बनाउने कार्यक्रम अन्तर्गत वृक्षारोपण कार्यलाई डिभिजन वन कार्यालयले निरन्तरता दिएकोमा धन्यवाद दिँदै सबै स्थानीयको सहभागीतामा वृक्षारोपण गर्न सबैलाई अपिल गरेका थिए ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका उपप्रमुख मिश्रा आचार्य,  प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौर, सशस्त्र प्रहरी नायब उपरीक्षक भिमसेन दास प्रधान, भू तथा जलाधार कार्यालयका प्रमुख शम्भु झा, वडा नम्बर १० का अध्यक्ष मोहनसिंह ठकुरा, वरिष्ठ वन अधिकृत मदन प्रसाद ढुंगाना, वरिष्ठ वन अधिकृत मोहन मिश्र, डिभिजन वन कार्यालय अर्घाखाँचीका प्रवक्ता यादव  सापकोटा, वन अधिकृत पन्नालाल भट्टराई, अधिकृत अरुण आचार्य लगायतको उपस्थितिमा वृक्षारोपण गरिएको डिभिजन वन अधिकृत ईश्वरीप्रसाद पौडेलले जानकारी दिए । 

त्यस्तै पाणिनी सब डिभिजन कार्यालय  अर्घाखाँचीले पनि पाणिनी गाउँपालिकामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । 

uae

सम्बन्धित खबर