२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

नेसपा (नयाँ शक्ति)को महाधिवेशनबाट १३ बुँदे समसामयिक प्रस्ताव पारित

Nada
२०८१ माघ ३० गते ११:५८
Shares
नेसपा (नयाँ शक्ति)को महाधिवेशनबाट १३ बुँदे समसामयिक प्रस्ताव पारित

काठमाडौंः नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को पहिलो महाधिवेशनले विभिन्न १३ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । माघ २७, २८ र २९ गते गरी तीन दिनसम्म चलेको महाधिवेशनबाट नयाँ शक्तिले सो प्रस्ताव पारित गरिएको हो ।

ncell

महाधविवेशनबाट पारित समसामयिक प्रस्तावमा भनिएको छ, ‘लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि संविधानका अपूर्णतालाई पूर्णता दिन र देशलाई समावेशी लोकतन्त्र, संघीयता, सुशासन र समृद्घिसहित समुन्नत समाजवादको दिशामा अघि बढाउन नयाँ वैकल्पिक शक्ति निमार्णको अभियानमा दृढ भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्दै भ्रष्टीकृत पुराना शक्तिहरूको विकल्पमा प्रगतिशील, लोकतान्त्रिक, समाजवादी शक्तिहरुको वृहद ध्रुवीकरण सहित नयां वैकल्पिक समाजवादी शक्ति निमार्ण गर्नका लागि एकताबद्ध हुन यो यो महाधिवेशन अपिल गर्दछ ।’ 

साथै महाधिवेशनले संविधानले संस्थागत गरेका राजनीतिक उपलब्धीहरूलाई संस्थागत गर्दै राष्ट्रको समृद्घि, जनआकांक्षाहरुको परिपूर्ती र राजनीतिक स्थीरताका निम्ति प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका साथै राष्ट्रमा सुशासन कायम गर्न शक्तिशाली जनलोकपालको गठनको औचित्य पुष्टी भएको भन्दै यथाशीघ्र यी विषयमा संविधान संशोधन प्रक्रिया अघि बढाउने माग गरेको छ ।

‘प्रतिगामी, पुनरुत्थानवादी तथा दक्षिणपन्थीहरूबाट लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, संविधान र जनताको सार्वभौमिकतामा प्रहार हुनसक्ने स्थितिप्रति सजग रहँदै यो महाधिवेशन सम्पूर्ण अग्रगामी लोकतान्त्रिक, समाजवादी शक्तिलाई एकजुट हुन आह्वान गर्दछ’, महाधविवेशनबाट पारित समसामयिक प्रस्तावमा भनिएको छ ।


ताजा खबर

सम्बन्धित खबर