२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

पर्वतारोहण संघका स्रोत सदस्यहरूका लागि ट्रेकिङ बीमा

Nada
२०८१ माघ २९ गते २१:०१
Shares
पर्वतारोहण संघका स्रोत सदस्यहरूका लागि ट्रेकिङ बीमा

काठमाडौं : सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) कम्पनी र नेपाल पर्वतारोहण संघबीच सम्झौता भएको छ । नेपाल पर्वतारोहण संघका आफ्ना स्रोत सदस्य पदयात्रा एजेन्सीहरूमार्फत् पर्वतारोहण लागि जाने सहयोगी पथप्रदर्शक, सरदार, वरिष्ठ सहयोगी, तथा अन्य सहायकहरुका लागि न्यूनतम मूल्यमा ट्रेकिङ बीमा सुविधा उपलब्ध गराउने गरी सम्झौता भएको हो ।

ncell

हालै भएको सम्झौतापत्रमा संघका अध्यक्ष नीमानुरु शेर्पा र सलिकोका प्रमुख कार्यकारी अधिकृत (सीईओ)चंकी क्षेत्रीले हस्ताक्षर गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट जारी पर्यटन नियमावली अनुसार पर्वतारोहण दलका सहयोगी सदस्यहरूको लागि न्यूनतम १५ लाख रुपैयाँ बरावरकोको दुर्घटना बीमा, ४ लाख रुपैयाँ बराबरको स्वास्थ उपचार बीमा तथा अमेरिकी डलर १० हजार बराबरको खोजतलास तथा हेलिकोप्टर उद्धार बीमा गरिनुपर्ने व्यवस्था अनुरूप नेपाल पर्वतारोहण संघद्वारा सूचीबद्ध २७ चुचूराहरूको लागि विशेष बीमा योजना ल्याएको हो ।

साविकमा पदयात्रा एजेन्सीहरूले महँगो शल्कमा बीमालेख खरिद गर्नु परेको अवस्थालाई मध्यनजर गर्दै सहुलियत दरमा सो बीमा योजना ल्याएको हो । यो सिजनका लागि ट्रेकिङ बीमा योजना मार्च ०१, २०२५ देखि लागू हुने जनाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर