२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

धार्मिक सहिष्णुतामा खलल पुर्‍याउने खालका अभिव्यक्ति दिने व्यक्ति पक्राउ

Nada
२०८१ माघ २८ गते १४:५२
Shares
धार्मिक सहिष्णुतामा खलल पुर्‍याउने  खालका अभिव्यक्ति दिने व्यक्ति पक्राउ

काठमाडौंः धार्मिक सहिष्णुतामा खलल पुर्‍याउने खालकाअभिव्यक्ति दिने कार्यमा संलग्न रहेको अभियोगमा संखुवासभा खाँदबारी नगरपालिका–४ घर भएका ५२ वर्षीय नरेन्द्र राज राईलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।        

ncell

सामाजिक सञ्जाल फेसबुक लगायत डिजिटल प्लेटफर्मबाट धार्मिक सहिष्णुता माथि आघात पुर्‍याउने तथा घृणा वा द्वेष फैलाउने, विभिन्न जात जाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने सामाग्री तयार गरी प्रसारण गर्ने कार्यमा संलग्न नरेन्द्रलाई साइबर ब्यूरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय संखुवासभाको समन्वयमा धरानबाट पक्राउ गरेको हो । 

उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिइ यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ताजा खबर

सम्बन्धित खबर