२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

नागार्जुनका निलम्बित प्रमुखविरुद्ध अर्काे भ्रष्टाचार मुद्दा दर्ता

८ करोड ६९ लाख बिगो

Nada
२०८१ माघ २७ गते १७:३८
Shares
नागार्जुनका निलम्बित प्रमुखविरुद्ध अर्काे भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं : नागार्जुन नगरपालिकाका निलम्बित नगर प्रमुख मोहनबहादुर बस्नेतविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको अर्को भ्रष्टाचार मुद्दा दायर भएको छ ।

ncell

अख्तियारले बस्नेमाथि ८ करोड ६९ लाख रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको र त्यो रकम भ्रष्टाचारबाट कमाएको दाबी गरेको हो ।

गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा आयोगले ८ करोड ६९ लाख ८७ हजार १०५ रूपैयाँ बिगो मागदाबीसहित विशेष अदालतमा अर्को मुद्दा दायर गरेको हो ।

प्रमुख बस्नेतले पदीय मर्यादा विपरीतका कार्य गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको उजुरीपछि अनुसन्धान गर्दा बस्नेत र उनका एकाघर परिवारका सदस्यले ८ करोड ६९ लाख ८७ हजार १०५ रूपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको देखिएकाले मुद्दा दायर गरिुएको आयोगले जनाएको छ ।

यो अवधिमा उनले जग्गा खरिद, घर निर्माण एवं मर्मत, अपार्टमेन्ट खरिद लगायतका काम गरेको अख्तियारको दाबी छ । उनले विभिन्न व्यक्तिलाई जग्गा खरिद बिक्री गर्दा कमिसन बापत रकम दिएको, छोराहरूको विवाहको भोजमा गैरकानुन रुपमा खर्च गरेको अख्तियारको दाबी छ ।

यस्तै उनले विवाहित छोरालाई व्यक्तिगत खर्च भनी रकम दिएको, विवाहित छोरीलाई पनि रकम दिएको, दान भनेर रकम दिएको अनि घरमा काम गर्ने सहयोगीहरूलाई पनि गैरकानुनी रुपमा आर्जित सम्पत्तिबाट खर्च दिएको अख्तियारको दाबी छ ।

उनी नागार्जुन नगरपालिकाको प्रमुख भएपछि अस्वभाविक रुपमा आर्जन हुने क्रम बढेको भन्दै अख्तियारले त्यसलाई ‘सार्वजनिक पदको दुरुपयोग’ भनेको हो । अख्तियारले लुकाएको र व्यवस्थापन गरेको सम्पत्ति जफत गर्न उनकी पत्नी उर्मिला बस्नेतमाथि पनि मुद्दा दायर गरेको छ ।

बस्नेत र उनको परिवारले अनुसन्धान अवधिमा २८ करोड ६५ लाख ६१ हजार ९६७ रूपैयाँ खर्च तथा लगानी गरेको जाँच अवधिको कूल समग्र आयबाट त्यसै अवधिको कूल खर्च तथा लगानी घटाउँदा ८ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत पुष्टि नभएको आयोगका सहसचिव एवं प्रवक्ता नरहरी घिमिरेले जानकारी दिए ।

उनीविरुद्ध १४ पुसमा २२ करोडभन्दा बढी बिगो दाबीसहित घुस तथा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भइएको छ । मुद्दामा बस्नेत, उनकी पत्नी उर्मिला र पद्मा कोलोनीका सञ्चालक राजुप्रसाद कँडेल, पद्मा कोलोनी र पद्मा मर्चेन्ट प्रालिलाई प्रतिवादी बनाइएको छ । बस्नेत नेपाली कांग्रेस बागमती प्रदेशका उपसभापति हुन् ।


 

ताजा खबर

सम्बन्धित खबर