२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

ललितपुर चक्रपथ महानगर सफाइ अभियानअन्तर्गतको २५४औं कार्यक्रम सम्पन्न 

Nada
२०८१ माघ २६ गते १४:५१
Shares
ललितपुर चक्रपथ महानगर सफाइ अभियानअन्तर्गतको २५४औं कार्यक्रम सम्पन्न 

काठमाडौंः ललितपुर चक्रपथ महानगर सफाइ अभियानअन्तर्गत रही शनिबार २५४औं नगर सफाइ कार्यक्रम सम्पन्न भएको छ। ललितपुर चक्रपथ महानगर सफाइ अभियानको २५४ औं हप्ताको कार्यक्रम कुपोन्डोलदेखि कानदेवता हुँदै पुल्चोकसम्म संचालन गरिएको हो । 

ncell

सफाइ कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले स्वच्छ, सफा,मेरो धर्ती, मेरो दायित्व,मेरो जिम्मेवारी भन्ने भावना जागृत गराउँदै नागरिकलाई सूसुचित गराउन सके वातावरण सरसफाइ अभियान दीर्घकालीन रुपमा नै सफल हुने उल्लेख गरे । आफूले गरेको फोहोरको व्यवस्थापन व्यक्ति तथा समुदाय आफैंले गर्न सकेमा फोहोरमैला व्यवस्थापन सहज बन्दै जाने पनि उनको भनाइ थियो ।

कार्यक्रममा सफाइ अभियानका संयोजक लक्ष्मी प्रसाद गेलाल र उप–संयोजक तथा सफाइ अभियन्ता सहदेव राउतले सफाइ जागरण बढाउँदै फोहोरलाई उचित व्यवस्थापन गर्न र नागरिक शसक्तिकरणका लागि यो अभियान संचालन गरिएको बताए ।

ललितपुर वडा नम्बर १० का अध्यक्ष रबिनमान व्यन्जनकार, ललितपुरस्थित अभिभावक संघका अध्यक्ष देवराज लामिछाने, समाजसेवी टिकाराम दहाल, नेपाल प्रहरी, नगर प्रहरी शिक्षक, विद्यार्थी, स्काउट स्थानीय क्लब तथा महिला समूह लगायत ललितपुरस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सम्मिलित थिए ।

ताजा खबर

सम्बन्धित खबर