२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

नेप्सेमा सामान्य अंकको गिरावट

Nada
२०८१ माघ २३ गते १६:१४
Shares
नेप्सेमा सामान्य अंकको गिरावट

काठमाडौंः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ४५ अंकले घटेर दुई हजार सात सय ११ दशमलव ४५ को बिन्दुमा कायम भएको हो ।

ncell

आज तीन सय नौ कम्पनीको एक करोड ९१ लाख ८१ हजार चार सय १४ कित्ता शेयर ९० हजार सात सय ५२ पटक खरिदबिक्री हुँदा आठ अर्ब ९५ करोड ८० लाख सात हजारको कारोबार भएको छ ।

आजको कारोबारमा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र छ्याङदी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

नेपाल रिइन्स्योरेन्क कम्पनी लिमिटेडको आज सबैभन्दा बढी ३३ करोड ७६ लाख ३९ हजारको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी सनराइज फोकस्ड इक्विटी फण्डको आठ लाख नौ हजार एक सय ९० कित्ता शेयर किनबेच भएको छ । आजको कारोबार पछि कूल बजार पुँजीकरण ४४ खर्ब ९८ अर्ब ७१ करोड ५९ लाख बराबर पुगेको छ ।

ताजा खबर

सम्बन्धित खबर