२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

नेप्से परिसूचक १४.०८ अंकले घट्यो

Nada
२०८१ माघ २२ गते १६:२३
Shares
नेप्से परिसूचक १४.०८ अंकले घट्यो

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.०८ अंकले घटेर दुई हजार ७१५ दशमलव ९१ मा झरेको छ । 

ncell

आजको कारोबारमा विभिन्न ३१५ कम्पनीका एक करोड ६९ लाख १७ हजार ८३५ कित्ता शेयर ९० हजार २०२ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ९१ करोड ९६ लाख ९७ हजार ७७५ मा कारोबार भएका छन् । 

आज जलविद्युत् र अन्य उपसमूहबाहेक अन्य उपसमूह घटेको छ । आज जोशी हाइड्रोपावर डेभलपमेन्ट बैंकको नौ दशमलव ९८ प्रतिशत, मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडको आठ दशमलव २५ प्रतिशत, न्यादी हाइड्रोपावर लिमिटेडको आठ दशमलव १९ प्रतिशत, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आठ दशमलव १२ प्रतिशत र कालिका पावर कम्पनीको शेयर मूल्य आठ दशमलव ०५ प्रतिशतले बढेको छ ।

साथै आज कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबारपछि बजार पुँजीकरण रु ४५ खर्ब छ अर्ब १० करोड ९२ लाख सात हजार ९६१ पुगेको छ ।

ताजा खबर

सम्बन्धित खबर