२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

मध्यान्हले मनायो २२औं वार्षिकोत्सव

Nada
२०८१ माघ २१ गते १६:१३
Shares
मध्यान्हले मनायो २२औं वार्षिकोत्सव

काठमाडौं : विगत २२ वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको मध्यान्ह राष्ट्रिय दैनिकले प्रकाशनको २२औं वार्षिकोत्सव मनाएको छ । मध्यान्हको कार्यालय कमलपोखरीमा २१ माघ सोमबार एक संक्षिप्त पूजा कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको हो । मध्यान्हले वार्षिकोत्सवका अवसरमा सोमबार ४० पृष्ठको ‘गन्तव्य’ शीर्षकको विशेषांकसमेत प्रकाशन गरेको छ ।

ncell

मध्यान्हको वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री, संसदमा प्रमुख प्रतिपक्ष दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मालगायतले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।No description available.

कार्यक्रममा पत्रिकाकी प्रकाशक सीतादेवी श्रेष्ठले मध्यान्ह दैनिक आजसम्म यस रूपमा निरन्तर पाठकमाझ ल्याउन सक्नुमा शुभचिन्तक, विज्ञापनदाता, सहयोगी र कर्मचारीहरूको अमूल्य साथ र सहयोग प्राप्त भइरहेको उल्लेख गर्दै सबैमा धन्यवाद दिइन् ।

पत्रिकाका सम्पादक मदनकुमार श्रेष्ठले २२ वर्षदेखि मध्यान्हले झेलेका उतारचढावबारे बताउँदै यसबीचमा भएका अनेक राजनीतिक घटनाक्रमको साक्षी बन्दै आरोह–अवरोह झेल्दै पत्रिकालाई निरन्तरता दिएको उल्लेख गरे । 

No description available.

मध्यान्ह दैनिकका कार्यकारी सम्पादक घनेन्द्र ओझाले २०५९ माघदेखि नियमित प्रकाशन भइरहेको पत्रिकाको व्यवस्थापन पक्ष सबल र सक्षम रहनु तथा यहाँ कार्यरत पत्रकार, कर्मचारीहरू इमान्दार र मिहिनेती हुनुका कारण यस पत्रिकाले यति लामो यात्रा सफलतापूर्वक सम्पन्न गरेको भन्दै आगामी दिनमा पनि व्यावसायिक, निष्पक्ष र मर्यादित पत्रकारितामा मध्यान्ह दैनिक कटिबद्ध रहने उल्लेख गरे । 

No description available.

No description available.

No description available.

No description available.

No description available.

ताजा खबर

सम्बन्धित खबर