२०८२ असार २३ गते सोमवार / Jul 07 , 2025 , Monday
२०८२ असार २३ गते सोमवार
Ads

रोल्पामा पाँच स्थानीय तहका प्रधानाध्यापकहरूसँग अन्तरक्रिया

shivam cement
सुर्य प्रकाश बुढा मगर
२०८१ माघ २० गते १७:०२
रोल्पामा पाँच स्थानीय तहका प्रधानाध्यापकहरूसँग अन्तरक्रिया

रोल्पा : रोल्पा जिल्लाका ५ स्थानीय तहहरूका प्रधानाध्यापकहरूसँग आइतबार माडी गाउँपालिका-२ को वडा कार्यालयको सभाहल घर्तीगाउँमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शिक्षा विकास तथा समन्वय इकाई रोल्पाको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । 
 
कार्यक्रममा माडी, परिवर्तन, गंगादेव, त्रिवेणी र रुन्टिगढी गाउँपालिकाको प्रधानाध्यापकहरूसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा सम्पूर्ण विद्यालयका प्रधानाध्यापकहरूले आफ्नो विद्यालयका असल अभ्यास र सुधार गर्नुपर्ने पक्षका बारेमा जानकारी गराएका थिए । 

जिल्ला समन्वय समिति रोल्पाकी प्रमुख सीता आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्ती मग, प्रमुख जिल्ला अधिकारी खिम बहादुर रायमाझी र जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी भरत लामाको सहभागिता थियो । 

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ रोल्पाका प्रमुख लालबहादुर घर्ती मगरले जिल्लाको समग्र शैक्षिक अवस्थाको बारेमा जानकारी गराएका थिए ।  नमूना विद्यालयहरूको प्रतिनिधित्व गर्दै नमूना विद्यालयको असल अभ्यासको बारेमा श्री बालकल्याण नमूना मावि लिबाङका प्रधानाध्यापक मधुसूदन पोख्रेलले  आफ्नो विद्यालयको शिक्षा क्षेत्रको बारेमा जानकारी गराए । 

आइतबार घर्तीगाउँमा भएको अन्तरक्रिया कार्यक्रमबाट रोल्पा शैक्षिक प्रतिवद्धता-२०८१ को ३० बुद्धे शैक्षिक प्रतिवद्धता जारी गरिएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले यो कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिन समेत जोड दिएका छन् । कार्यक्रममा ५३ जना माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता थियो । 

कार्यक्रममा माडी गाउँपालिका-२ का वडा अध्यक्ष ललित घर्ती मगर, शिक्षक महासंघका केन्द्रीय सदस्य भीम प्रकाश पुन, माडी गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख कमल प्रसाद खत्री, जिल्ला शिक्षा समिति रोल्पाका सदस्य जित विक्रम मल्ल, नेपाल पत्रकार महासंघ रोल्पाका सदस्य तथा रेडियो मालश्रीका सुर्य प्रकाश बुढा मगरलगायत उपस्थित थिए  । 

माघ १८ गते रोल्पा जिल्लाको सदरमुकाम लिबाङमा रोल्पा नगरपालिका, सुनिलस्मृति गाउँपालिका, लुङ्ग्री, सुनछहरी र थबाङ गाउँपालिकाको करिब ४५ जना  प्रधानाध्यापकहरूसँग अन्तरक्रिया कार्यक्रम गरिएको थियो । कार्यक्रमको सञ्चालन शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख घर्ती मगरले गरेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise