२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

ईसीबीद्वारा प्रमुख व्याजदरमा २५ प्रतिशत अंकको कटौती

Nada
२०८१ माघ १८ गते १२:०६
Shares
ईसीबीद्वारा प्रमुख व्याजदरमा २५ प्रतिशत अंकको कटौती

काठमाडौंः युरोपेली केन्द्रीय बैंक (ईसीबी) ले बिहीबार प्रमुख ब्याजदरमा २५ प्रतिशत अंकले कटौती गर्ने निर्णय गरेको छ ।

ncell

ब्याजदर कटौतीपछि निक्षेप सुविधा, मुख्य पुनर्कर्जा सञ्चालन र सीमान्त कर्जा सुविधाको ब्याजदर घटाएर क्रमशः २.७५ प्रतिशत, २.९ प्रतिशत र ३.१५ प्रतिशतमा झार्ने ईसीबीले जनाएको छ ।

मुद्रास्फीतिको दृष्टिकोणको अद्यावधिक मूल्याङ्कन, अन्तर्निहित मुद्रास्फीतिको गतिशीलता र मौद्रिक नीति प्रसारणको शक्तिमा आधारित रहेर ब्याजदर घटाउने निर्णय भएको हो । 

मुद्रास्फीतिलाई दिगो रूपमा मध्यम स्तर अर्थात् २ प्रतिशतमा ल्याइ आफ्नो जिम्मेवारीलाई पछ्याउन कटिबद्ध रहेको दोहोर्‍याउँदै इसिबीले आफ्नो भविष्यको मौद्रिक नीतिहरू निर्धारण गर्न आफ्नो तथ्याङ्क र बैठकको समीक्षा र दृष्टिकोणमा अडिग रहने कुरामा जोड दिएको छ ।

‘यूरोपेली अर्थतन्त्रले अझै पनि सङ्कटको सामना गरिरहेको छ तर बढ्दो वास्तविक आय र प्रतिबन्धात्मक मौद्रिक नीतिको क्रमशः लोप हुँदै गएको प्रभावले समयको साथ माग वृद्धिलाई सहयोग गर्नेछ’, विज्ञप्तिमा भनिएको छ। युरो क्षेत्रमा मुद्रास्फितिको चिन्ता कम हुँदै गएपछि केन्द्रीय बैंकले मौद्रिक नीतिलाई खुकुलो बनाउने अपेक्षा बजार अवलोकनकर्ताले गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर