२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

विद्यार्थीलाई प्रतिस्पर्धात्मक बनाउन आधुनिक शिक्षाको आवश्यकता

Nada
२०८१ माघ १७ गते २१:५६
Shares
विद्यार्थीलाई प्रतिस्पर्धात्मक बनाउन आधुनिक शिक्षाको आवश्यकता

सुनवल : पश्चिम नवलपरासीको सुनवल–१३ बडेरामा रहेको धान्याचल माध्यमिक विद्यालयले आफ्नो ३७औं वार्षिकोत्सव विविध कार्यक्रमसहित भव्य रूपमा मनाएको छ ।

ncell

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यप्रसाद न्यौपानेको अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य खड्ग बस्नेतको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अभिभावक दिवस, पुरस्कार वितरण तथा ‘शैक्षिक दर्पण’ विमोचन गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि बस्नेतले कुनै पनि व्यक्ति लक्ष्यमा दृढ रही समाजसेवामा लागेमा संस्था तथा समाजले उल्लेखनीय प्रगति गर्ने बताए ।

बस्नेतले विद्यालयको शैक्षिक तथा भौतिक प्रगतिप्रति प्रशंसा गर्दै सामुदायिक विद्यालयको शैक्षिक सुधारमा शिक्षक, व्यवस्थापन समिति तथा अभिभावकको समान भूमिका आवश्यक रहेको बताए । विद्यार्थीलाई प्रतिस्पर्धात्मक बनाउन आधुनिक शिक्षाको आवश्यकता रहेकोमा बस्नेतले जोड दिए ।

विद्यालयका प्राचार्य ऋषिराम भण्डारीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयमा हाल बालविकासदेखि कक्षा १२ सम्म ६०९ विद्यार्थी अध्ययनरत रहेका ४० जना शिक्षक तथा कर्मचारी कार्यरत रहेको जानकारी दिए ।

कार्यक्रममा सुनवल शिक्षा शाखा अधिकृत पशुपति भट्टराई, विद्यालय व्यवस्थापन समिति महासंघका केन्द्रीय सदस्य रामबहादुर क्षेत्री, बडेरा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मदन पन्त, भगवती मावि वनकट्टीका प्रधानाध्यापक बाबुराम पाण्डे, लुम्बिनी साकोसका अध्यक्ष लेखनाथ खरेल,अक्षयकोषदाता प्रभाकरसिंह थापा र पूर्वप्रधानाध्यापक मुकुन्द सूचीकार विद्यार्थी अनिता भुसाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रममा शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, शिक्षक तथा अन्य योगदानकर्ताहरूलाई सम्मान गरिएको थियो भने अक्षयकोष दाताद्वारा शैक्षिक सामग्री वितरण गरिएको थियो । कार्यक्रममा विद्यार्थी र शिक्षकहरूले प्रस्तुत गरेको सांस्कृतिक थिए ।

ताजा खबर

सम्बन्धित खबर