२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

मञ्चबाट पत्रकार महासंघमा निर्वाचितहरूलाई प्रमाणपत्र हस्तान्तरण

Nada
२०८१ माघ १७ गते १६:१२
Shares
मञ्चबाट पत्रकार महासंघमा निर्वाचितहरूलाई प्रमाणपत्र हस्तान्तरण

काठमाडौं : नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहालले सामाजिक सञ्जालको सञ्चालन प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधरहरूलाई मान्य नभएको बताएका छन् ।

ncell

नेपाल पत्रकार मञ्चले नेपाल पत्रकार महासंघको २७औं महाअधिवेशनमा निर्वाचित राष्ट्रिय परिषद् सदस्य एवं प्रदेश परिषद् सदस्यहरूलाई प्रमाणपत्र हस्तान्तरण गर्न आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै महासचिव दाहालले उक्त कुरा बताएका हुन् । महासचिव दाहालले उक्त विधेयक अभिव्यक्ति स्वतन्त्रता विरोधी रहेको बताए । 

प्रस्तावित विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित गर्ने खतरा रहेको उल्लेख महासचिव दाहालले लोकतान्त्रिक समाजमा सामाजिक सञ्जाल सूचना तथा अभिव्यक्ति आदान-प्रदानको महत्वपूर्ण माध्यम रहेको भएपनि यसलाई कठोर नियन्त्रणमा ल्याउने प्रयास प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अतिक्रमणको संकेत हुन सक्ने आशंका व्यक्त गरे । 

महासचिव दाहालले सरकारलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रहका साथ विधेयक फिर्ता लिन आग्रह गर्दै विधेयकलाई संशोधन तथा परिमार्जन नगरी पत्रकार, मानव अधिकारकर्मी, नागरिक समाज तथा सरोकारवालासँग छलफल नगरी विधेयक ल्याइए नागरिक अगुवा संस्थाको रुपमा रहेको पत्रकार महासंघ मौन नबस्ने चेतवानी समेत दिए ।

कार्यक्रममा नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीले पत्रकार तथा संचारमाध्यमले आचारसंहिताको अधिनमा रहेर नागरिकको आवाजलाई सशक्त ढंगले राख्न पर्ने बताए । अध्यक्ष विद्रोहीले स्वतन्त्रताको नाममा कसैले कसैको चरित्रहत्या गर्न नमिल्ने कुरामा पत्रकारहरू सचेत हुनुपर्ने आवश्यक रहेको उल्लेख गर्दै सरकारले ल्याएको विधेयक नागरिकको मौलिक हक, प्रश्न गर्ने अधिकार, बोल्न पाउनु पर्ने अधिकारमाथि बन्देज लगाउन खोजेकोले तत्काल सच्याउनुपर्ने कुरामा जोड दिए । 

महासंघका केन्द्रीय सदस्य मनुका कुंवर, नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समिति अध्यक्ष रोयल आचार्यसमेतको सहभागितामा भएको सो समारोहमा नेपाल पत्रकार मञ्चबाट नेपाल पत्रकार महासंघ राष्ट्रिय परिषद सदस्यमा निर्विरोध निर्वाचित मध्यान्ह दैनिकका सम्पादक मदनकुमार श्रेष्ठका साथै ओमबन्धु कार्की, रमेश प्रसाद घिमिरे एवं प्रदेश परिषद् सदस्यमा निर्वाचित घनश्याम श्रेष्ठ, गीता थापा, सुषमा देवकोटा, मुकुन्द लामिछाने, शिरोमणि दवाडी, सुशीला ढकाल, शिव बल्लभ रेग्मी, शेषमणि शर्मा, गौरव पोखरेल, केशव कुमार बस्नेत र कुमार भण्डारीलाई केन्द्रीय महासचिव दाहालले प्रमाणपत्र हस्तान्तरण गरे ।

No description available.

पत्रकार मञ्चका उपाध्यक्ष चन्द्रमणि भट्टराईले स्वागत मन्तव्य एवं महासचिव विमल थापाले संचालन गरेको सो समारोहमा नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समिति कोषाध्यक्ष राजेन्द्र प्रजापति, सदस्यद्वय सन्तोष मिश्र एवं सुवास पौडेललगायत विभिन्न संचारमाध्यममा आबद्ध संचारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

ताजा खबर

सम्बन्धित खबर