२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

अस्थिर सरकार विकासको बाधक : उद्योगमन्त्री

Nada
२०८१ माघ १६ गते २०:३९
Shares
अस्थिर सरकार विकासको बाधक : उद्योगमन्त्री

बैतडी : उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले राजनीतिक स्थायित्वले मात्रै विकास र समृद्धि सम्भव हुने बताएका छन् । 

ncell

गृह जिल्ला बैतडीमा रहेका मन्त्री भण्डारीले बुधबार २ वटा नगरपालिका(दशरथचन्द र पाटन) मा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै छोटो समयमा सरकार बदलिँने अवस्थानै विकासको बाधक बनेको बताए ।

सरकारको नीति तथा कार्यक्रम र बजेट एक सरकारले ल्याउने र कार्यान्वयन गर्दा अर्कै सरकार हुने अवस्थाले विकास निर्माणका क्रियाकलाप अघि बढ्न नसकेको बताए । 

‘स्थायीत्व भए मात्रै दिगो विकासको अनुभुति गर्न सकिन्छ, भारत र चीन जस्ता देशहरु दीर्घकालिन सरकारकै कारण द्रुत विकासको उपभोग गरिरहेका छन्,’ मन्त्री भण्डारीले भने,‘राजनीतिक स्थायीत्व आवश्यक छ, प्रणालीभित्र पनि नीतिगत त्रुटीहरु छन् यसलाई सच्याउनु पर्नेछ, त्यसमा सरकार लागेको छ’ उनले भने । उनले आफु पनि १ वर्षकै अवधिभित्र ३ पटक मन्त्री बनेको बताए । 

बैतडीबाट प्रतिनिधित्व गरेर उद्योग मन्त्रालयको जिम्मेवारी समाल्दा आफु कहिकतै नडगमगाएको मन्त्री भण्डारीको दाबी छ । 

लामो समयसम्म बैतडीबाट प्रतिनिधित्व गरिरहेको बताउँदै उनले आधारभूत विकासका संरचना, विकासका आयोजना, गुणस्तरीय शिक्षा प्रदान लगायतका सेवा प्रवाहमा प्रतिवद्धता जनाए अनुसार काम भइरहेको बताए । उनले बैतडीको झुलाघाटस्थित महाकाली नदीमा मोटरेबल पूल निर्माणका लागि भारत सरकारसँग निरन्तर छलफलमा रहेको बताए ।

वर्तमान सरकारले विकासका बाधक रहेका ऐन, कानुनहरुलाई संशोधन गरिरहेको र अब यसले छिट्टै नतिजा दिने मन्त्री भण्डारीले बताए । सोही कार्यक्रममा सहभागि सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री सुरेन्द्र पालले वडा नं २ को भौतिक विकासका लागि आफ्नो पहल रहिरहने बताए । 

ताजा खबर

सम्बन्धित खबर