२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

साहारालाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

Nada
२०८१ माघ १५ गते २१:५८
Shares
साहारालाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

काठमाडौं : साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकले आर्थिक सहयोग गरेको छ । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत विगत लामो समय देखि आर्थिक सहयोग उपलब्ध गराउँदै आएको पोखरा–१७ दोबिल्लामा सञ्चालित साहारा फुटबल एकेडेमीमा आश्रित विद्यार्थीहरूको समुन्नतिको लागि आर्थिक सहयोग स्वरूप २ लाख ४५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो ।

ncell

उक्त सहयोग हस्तान्तरण कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्य रामचन्द्र सिग्देल र अर्जुन थापाले संयुक्त रूपमा साहारा फुटबल एकेडेमीका अध्यक्ष केशवराज बराललाई सहयोग रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । उक्त अवसरमा सञ्चालक अर्जुन थापाले साहारा फुटबल एकेडेमीमा आश्रित विद्यार्थी बाल–बालिकाहरुलाई सहयोग गर्न पाउनु खुसीको कुरा रहेको समेत बताए । 

बैंकले प्रदान गरेको आर्थिक सहयोगका लागि आभार प्रकट गर्दै साहारा क्लबका अध्यक्ष बरालले सहयोग रकम एकेडेमीमा आश्रित बाल–बालिकाहरूको खाजा र खानाका लागि खर्च गरिने बताए ।

कार्यक्रममा बैंकका पोखरास्थित शाखाहरूका प्रवन्धकहरू, क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङ, उपाध्यक्ष चित्रबहादुर पुन, कोषाध्यक्ष विनु राना मगर, सह—कोषाध्यक्ष अशोक लालचन, पूर्व सह—कोषाध्यक्ष लिल बहादुर थापा, पुर्व अध्यक्ष बिक्रम थकाली र सल्लाहकार सुनिल गुरुङ लगायतका सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

एकेडेमीमा हाल ४० कठिन एवं विपन्न परिस्थितिका बालकहरू छन् । साहारा क्लब पोखराले उनीहरूको लालनपालन, शिक्षासँगै फुटबल प्रशिक्षण दिँदै आएको छ । क्लबले २०६१ सालदेखि एकेडेमी सञ्चालन गरिरहेको छ ।

ताजा खबर

सम्बन्धित खबर