२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

फास्ट ट्र्याकबाट अध्यादेश पारित गर्ने सरकारको निर्णय

Nada
२०८१ माघ १५ गते १४:१६
Shares
फास्ट ट्र्याकबाट अध्यादेश पारित गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले हालै ल्याएका अध्योदशहरु  फास्ट ट्र्याकमा पारित गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यस्तो निर्णय भएको जानकारी दिए ।

ncell

उनले सरकारले ल्याएको अध्यादेश संसदबाट फास्ट ट्रयाकबाट पारित गरिनेगरि संसद सचिवालयमा दर्ता गरिएको पनि जानकारी गराए । उनले अध्यादेश कार्यान्वयनका लागि नियमावलीहरू समेत छिटो बनाउने निर्णय भएको बताए । 

उनले सरकारले संसद छलेर अध्यादेश नल्याएको भन्दै कुनै बदनियत नभएको स्पष्ट पारे । उनले अध्यादेश ल्याउने सरकारको संवैधानिक अधिकार भएको जिकिर गरे ।

ताजा खबर

सम्बन्धित खबर