२०८२ असार ३१ गते मङ्गलवार / Jul 15 , 2025 , Tuesday
२०८२ असार ३१ गते मङ्गलवार
Ads

‘सम्पत्ति शुद्धीकरण राष्ट्रिय निवारण दिवस’को अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीले लिए प्रतिज्ञा

shivam cement
मध्यान्ह
२०८१ माघ १४ गते २२:०६
‘सम्पत्ति शुद्धीकरण राष्ट्रिय निवारण दिवस’को अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीले लिए प्रतिज्ञा

काठमाडौं : नेपाल एसबिआई बैंकले ‘सम्पत्ति शुद्धीकरण राष्ट्रिय निवारण दिवस’को अवसरमा आफ्नो सबै कार्यालयका कर्मचारीद्वारा सम्पत्ति शुद्धीकरण जस्ता क्रियाकलापमा वित्तीय लगानी वा अन्य गैरकानुनी प्रयोजनका लागि दुरुपयोग हुनबाट बचाउन उच्चतम एएमएल–सिएफटी प्रावधान पालना गर्न प्रतिज्ञा गरेका छन् ।

नेपाल सरकारले माघ १४ लाई राष्ट्रिय सम्पत्ति शुद्धीकरण निवारण दिवसको रूपमा मनाउन घोषणा गरेअनुरुप बैंकले दिवस मनाएको हो । बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले प्रधान कार्यालयमा सम्पूर्ण कर्मचारीलाई प्रतिज्ञा गराएका थिए ।

उक्त कार्यक्रममा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पण्डा, प्रमूख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख जोखिम तथा अनुपालन अधिकृत विष्णुदेव यादव, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल र अन्य वरिष्ठ पदाअधिकारीको उपस्थिति थियो । यस अवसरमा बैंकका प्रदेश तथा शाखा कार्यालयका कर्मचारीले समेत आ–आफ्ना कार्यालयमा प्रतिज्ञा लिएका थिए ।

ADV

सम्बन्धित खबर

Advertise