२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

विचार र मुद्दा मिल्ने शक्तिहरुसँग सहकार्य गर्न तयार छौं : मन्त्री यादव

Nada
२०८१ माघ १३ गते १७:२५
Shares
विचार र मुद्दा मिल्ने शक्तिहरुसँग सहकार्य गर्न तयार छौं : मन्त्री यादव

वीरगञ्जः जनता समाजवादीका उप–महासचिव एवम् संघीय खानेपानीमन्त्री प्रदीप यादवले विचार, मुद्दा मिल्ने समूह, दल, शक्तिहरुसँग सहकार्य तथा एकीकरण गर्न सकिने बताएका छन् । 

ncell

पर्साको वीरगञ्जस्थित पुजन होटलमा आयोजित जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री यादवले आफूहरु देश र पिछडिएका जनताको पक्षमा वकालत गर्न र देश विकासका लागि राजनीतिमा होमिएको बताए । उनले भने,‘हामी देश र पिछडिएका जनताको पक्षमा वकालत गर्न र देश विकासका लागि राजनीतिमा होमिएका छौं । विचार, मुद्दा मिल्ने समूह, दल, शक्तिहरुसँग सहकार्य तथा एकीकरण गर्न सक्छौं ।’

मन्त्री यादवले आम नागरिकलाई सर्वोपरि ठानेर मधेशका मुद्दा एवम् देशभरीका नागरिकका समस्या समाधानका लागि जसपाले उल्लेख्य भूमिका निर्वाह गरिरहेको बताए । उनले भने, ‘हाम्रा लागि जनता सर्वोपरि हुन् । जनताको विकास र जीवनस्तर उकास्न हामी कहिल्यै पछि पर्ने छैनौँ ।’  

फरक प्रसंगमा मन्त्री यादवले खानेपानीका लागि पर्याप्त बजेट नहुँदा देशभरीमा आम उपभोक्तालाई सहज रुपमा शुद्ध खानेपानी पुर्‍याउन समस्या भएकाले आगामी आर्थिक वर्षको बजेटमा सतप्रतिशत नागरिकको घरघरमा शुद्ध र सफा खानेपानी पुग्नेगरी बजेट विनियोजन गराउने बताए । उनले भने,‘मन्त्रालय सम्हालेदेखि देशका दुर्गम क्षेत्रमा खानेपानीका समस्याका विषयमा स्थलगत निरीक्षण गरेको छु । पानीको निकै समस्या रहेको पाएको छु । वर्तमान सरकारले अगामी बजेटमा हिमाल, पहाड र तराईका नागरिकमा खानेपानीको पहुँच पुग्नेगरी बजेटको व्यवस्थापन गर्नेछ ।’ 

सम्बन्धित खबर