२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

हामी मागेर खानुपर्ने अवस्थामा छैनौं : विप्लव

Nada
२०८१ माघ १३ गते १५:१३
Shares
हामी मागेर खानुपर्ने अवस्थामा छैनौं : विप्लव

काठमाडौँ  : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले आफ्ना कोही पनि नेता कार्यकर्तालाई घरमा खाना खाने समस्या नरहेको बताएका छन् । आज राजधानीमा आयोजित नेकपा ध्रुवीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

ncell

नेकपाले कृषिमा आत्मनिर्भर हुन गरेको मेहेनतले यो अवस्था सिर्जना भएको उनको भनाइ थियो । ‘नेकपाको नेता र कार्यकर्ताको घरमा खानका लागि कुनै समस्या छैन । नेता र कार्यकर्ता कम्तीमा मागेर खानुपर्ने ठाउँमा छैनौं,’ उनले भने, ‘तीन वर्षमा पार्टीलाई खानका लागि चन्दा माग्नु नपर्ने ठाउँबाट मुक्त गर्ने अठोट हो । हामीले खानका लागि कसैसँग गुहार्न पर्ने ठाउँमा छैनौं ।’

उनले विदेशबाट चामल आयात गर्नुपर्ने अवस्थालाई हटाएर गरिब देशलाई सहयोग गर्ने चाहना आफूहरूको रहेको जिकिर गरे । आगामी पुस्ता देश र आन्दोलनप्रति विश्वस्त हुन नसकेको पनि उनले उल्लेख गरे। ‘दोस्रो विश्वयुद्धसम्म आउँदा साम्राज्यवादीको अतिक्रमणमा पनि नियन्त्रणमा नगएको देश हाम्रो हो। हाम्रा पुर्खाहरू महान् हुन्। आउँदै गरेको पुस्तालाई लिएर साथमा लिएर फेरि पनि महान् बनाउँ’, उनले भने ।

यस्तै, उनले आफ्नो पार्टीको चर्चा गर्दै भने, ‘हामी बारुदको बीचबाट जन्मेका मान्छे हौं। ढुंगामा पनि फुल्न सक्छौं। यो देशलाई उभ्याउन सक्ने मनोबल हामीसँग छ।’ साथै प्रतिबन्धको समयलाई पनि चुनौतीका रूपमा स्वीकार गर्दै, त्यहाँबाट उठेर अगाडि बढेको दाबी विप्लवले गरे।

सम्बन्धित खबर