२०८२ कार्तिक २५ गते मङ्गलवार / Nov 11 , 2025 , Tuesday
२०८२ कार्तिक २५ गते मङ्गलवार
Ads

३१ लाख ठग्ने ३ पक्राउ

shivam cement
२०८१ माघ ८ गते २२:१३
Shares
३१ लाख ठग्ने ३ पक्राउ

काठमाडौं : वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ३१ लाख ठगी गरेको अभियोगमा ३ जनालाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको छ ।

बागलुङ ताराखोला गाउँपालिका– ३ का तिलकबहादुर कार्की, प्युठान नौबहिनी गाउँपालिका– ६ का हरिबहादुर बिष्ट र स्याङ्जा गल्(याङ नगरपालिका– ८ की जमुना परियारलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले सोमबार अपाह्न पक्राउ गरेको हो ।

अभियुक्त परियारले २८ लाख, कार्कीले १ लाख र बिष्टले २ लाख रुपैयाँ ठगेको केन्द्रीय प्रहरी कार्यालयले जनाएको छ । उनीहरूलाई थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर