२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

मागपत्र प्रमाणीकरण समस्या : १४ मुलुकमा मात्र कामदार पठाए म्यानपावरले

Nada
२०८१ माघ ८ गते ०६:२०
Shares
मागपत्र प्रमाणीकरण समस्या : १४ मुलुकमा मात्र कामदार पठाए म्यानपावरले

काठमाडौं : पुस महिनामा म्यानपावर कम्पनीले १४ मुलुकमा मात्र कामदार पठाउन सकेका छन् । विदेशस्थित नेपाली दूतावासहरूले मागपत्र प्रमाणीकरण नगर्दा म्यानपावर कम्पनीहरूले नेपाली कामदारका लागि डिमान्ड भएका मुलुकमा पनि कामदार पठाउन नसकेका वैदेशिक रोजगार व्यवसायीहरू बताउँछन्  । 

ncell

पुस महिनामा १०० देशमा नेपाली कामदार वैदेशिक रोजगारीमा गएकामा म्यानपावर कम्पनीले १४ देशमा मात्र कामदार पठाउन सकेका छन् ।

पुस महिनामा म्यानपावर कम्पनीमार्फत २९ हजार ३१६ जना, नयाँ व्यक्तिगत श्रम स्वीकृतिमा १० हजार ८५ जना, श्रम स्वीकृति नवीकरणमार्फत २७ हजार २०३ जना तथा सरकारले पठाउने दक्षिण कोरिया तथा इजरायलमा ६५५ जनाको श्रम स्वीकृति भएको छ । 

उक्त महिनामा २१ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि यूएई पुगेका छन् । त्यसमा म्यानपावर कम्पनीमार्फत १४ हजार १७८ जना, व्यक्तिगत रूपमा १ हजार ६५५ जना, रिइन्ट्रीमार्फत ५ हजार २८८ जना गएका छन् ।

मंसिर महिनाको तुलनामा पुसमा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या ह्वात्तै घटे पनि यूएई जाने नेपालीको संख्यामा भने ठूलो कमी आएको छैन ।

पुस महिनामा म्यानपावर कम्पनीहरूले यूएईसहित बहराइन, साइप्रस, जापान, जोर्डन, कुवेत, मलेसिया, मरिसस, ओमान, कतार, रोमानिया, साउदी अरेबिया, बेलायत र टर्कीमा मात्र कामदार पठाएका छन् । त्यसमध्ये साउदी अरेबियामा ६ हजार ९१३ जना, टर्कीमा ४५ जना, बहराइनमा ३६५ जना, साइप्रसमा ३०६ जना, जापानमा १६१ जना, जोर्डनमा ३८ जना, कुवेतमा ३ हजार ४८६ जना, मलेसियामा २९२ जना, मरिससमा ७३ जना, ओमानमा २७३ जना, कतारमा ३ हजार १२८ जना, रोमानियामा ४५, बेलायतमा ५ जना पठाएका छन् । युरोपेली मुलुकमा संस्थागत भन्दा व्यक्तिगत श्रम स्वीकृतिमा जाने र पठाउने क्रम रोकिएको छैन ।

सम्बन्धित खबर