२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

१० किलो गाँजासहित ३ भारतीय पक्राउ

Nada
२०८१ पुष २६ गते १२:०५
Shares
१० किलो गाँजासहित ३ भारतीय पक्राउ

बाराः बाराको प्रसौनीबाट प्रहरीले १० किलो गाँजासहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

ncell

पक्राउ पर्नेमा भारत उत्तर प्रदेशको कुशीनगर, थाना पटेर्वा, ग्राम पंचायत जबरा बजार निवासी ३८ वर्षीय चालक धर्मेन्द्र गुप्ता, शिवान थाना नौतन, ग्राम पंचायत सेमरा निवासी ४८ वर्षीय चन्द्रभान कुशवाहा, र लखनऊ नगरपालिका, सरोजीनगर, ट्रान्सपोर्ट नगर निवासी ३२ वर्षीय चन्द्रभान श्रीवास्तव रहेका छन् ।

इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी निरीक्षक सुरेशराज भट्टको नेतृत्वमा खटिएको टोलीले प्रसौनी गाउँपालिका वडा नम्बर ५ स्थित प्रष्टोकाबाट बेलहिया जाँदै गरेको युपी ३२ बिएक्स ४७२६ नम्बरको भारतीय बोलेरो गाडीमा सेतो प्लास्टिकमा प्याक गरिएको गाँजा फेला परेको हो ।

प्रहरीले पक्राउ परेका व्यक्ति र गाँजासहितको बोलेरो गाडीलाई नियन्त्रणमा लिइ आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाएको छ। बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाका अनुसार पक्राउ परेका ३ैजनालाई बाराको जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको छ ।
 

ताजा खबर

सम्बन्धित खबर