२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

एनसीडीए मोरङद्वारा निःशुल्क आँखा शिविर, ११० जना लाभान्वित  

Nada
२०८१ पुष २५ गते २२:०७
Shares
एनसीडीए मोरङद्वारा निःशुल्क आँखा शिविर, ११० जना लाभान्वित  

विराटनगर : औषधि व्यवसायी संघ मोरङ शाखाले निःशुल्क आँखा शिविर तथा औषधि वितरण कार्यक्रम सम्पन्न गरेको छ । 

ncell

सघंले बिहीबार नेपाल औषधि व्यवसायी सघंका सस्थापक सदस्य तत्कालिन मेची कोशी, सगरमाथा अञ्चलका संस्थापक अध्यक्ष लक्ष्मीनाथ उप्रेतीको ३१ औं स्मृति दिवसको अवसर पारेर औषधि व्यवसायी संघ मोरङ शाखाले  निःशुल्क आँखा शिविर तथा निःशुल्क औषधि वितरण गरेको हो । 

औषधि व्यवसायी संघ मोरङ शाखाका अध्यक्ष देशबन्दु ढकालले २०३० सालबाट संस्थापक अध्यक्ष लक्ष्मीनाथ उप्रेतीको अभिभावकत्व र उनले देखाएको बाटो पहिल्याउँदै संघ यहाँसम्म आइपुगेको बताउँदै उनको सम्झनामा आँखा शिविर आयोजना गरिएको बताए । 

विराटनगरको असोक चोकस्थित विराटेश्वर बृद्धाश्रममा आयोजित उक्त शिविरमा १ सय १० जना स्थानीयबासीले निःशुल्क आँखा जाँच गराएका छन् । जसमा २५ जनामा मोतियाबिन्दु, ५ जनाको आँखामा मासु पलाउने समस्या देखिएको र अन्य सेवाग्राहीहरुमा आँखाको एलर्जी र पावरको समस्या देखिएको सघंका अध्यक्ष ढकालले जानकारी दिए । 

उक्त शिविरमा रामलाल गोल्छा आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डा.राजेश यादव लगायतको टोलीले बिरामीहरुको आँखा परीक्षण गरेका थिए । 

उक्त शिविरमा सघंका केन्द्रीय सदस्य प्रदिप कुमार दास, मोरङ शाखाका निवर्तमान अध्यक्ष लक्ष्मीनाथ तिम्सिना, बिराटेश्वर बृद्धाश्रमका संस्थापक अध्यक्ष जगत अर्याललगायतको उपस्थिति रहेको थियो ।

ताजा खबर

सम्बन्धित खबर