२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

'नेपालको अर्थतन्त्रलाई समृद्ध बनाउन कृषि उत्पादन वृद्धिमा जोड दिनु पर्छ'

Nada
२०८१ पुष २५ गते १३:५६
Shares
'नेपालको अर्थतन्त्रलाई समृद्ध बनाउन कृषि उत्पादन वृद्धिमा जोड दिनु पर्छ'

तनहुँ : उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्रलाई समृद्ध बनाउन कृषि उत्पादन वृद्धिमा जोड दिनुपर्ने बताएका छन् । बिहिबार तनहुँ महोत्सवमा सम्बोधन गर्दै उनले कृषकको भलाई र देशको आर्थिक विकासका लागि कृषि उत्पादन बढाउनुपर्नेमा जोड दिए ।

ncell

तनहुँ जिल्लाको राजनीतिक रूपमा मात्र नभई कृषि,पर्यटन र ऊर्जाको क्षेत्रमा पनि महत्त्वपूर्ण भूमिका रहेका सिंहले बताए । ‘नेपालको अर्थतन्त्रलाई अगाडि बढाउन हामीले ऊर्जालाई व्यवस्थित गर्नुपरेको छ । कृषि उत्पादन वृद्धि गर्न तपाईँ हामी सबैले जोड दिनुपर्छ भन्नेमा दुई मत छैन’, उनले भने कोभिडले नेपालको अर्थतन्त्रमा असर परेपनि अहिले पर्यटन क्षेत्रमा उल्लेख्य सुधार आएको र त्यसले रोजगारी सिर्जनासँगै अर्थतन्त्रमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याएको सिंहले बताए ।

त्यस्तै उनले महोत्सवले आर्थिक गतिविधि बढाउन, स्थानीय उत्पादनको बजारीकरण गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे। उपप्रधानमन्त्री सिंहले वर्तमान सरकारको प्राथमिकता नागरिकको जीविका सहज बनाउनु रहेको भन्दै त्यसका लागि सरकारले कृषि, पर्यटन, ऊर्जा लगायतका क्षेत्रको विकासमा विशेष ध्यान दिइरहेको बताए । महोत्सवले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक नेपाली समाजको चित्र प्रस्तुत गरेको भन्दै उनले कलासँस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि पनि महोत्सव हुनु सकारात्मक रहेको धारणा राखे ।

ताजा खबर

सम्बन्धित खबर