२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

चिसोले कठ्याङ्ग्रिएर एकको मृत्यु

Nada
२०८१ पुष २५ गते १३:०९
Shares
चिसोले कठ्याङ्ग्रिएर एकको मृत्यु

सिरहा : अत्यधिक चिसोका कारण सिरहामा एक जनाको मृत्यु भएको छ । 

ncell

अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर गोलबजार नगरपालिका-८ बस्ने ३५ वर्षीय मोहमद अक्तर अलिको मृत्यु भएको जिल्ला प्रहरी सिरहाले जनाएको हो । 

मधुमेह रोगबाट ग्रसित अक्तरको न्यानो कपडा र राम्रो वासस्थान नहुँदा जाडो खप्न नसकेर मृत्यु भएको उनका छोरा सलमानले बताए । उनले भने, ‘गरिबीका कारण न्यानो कपडा र राम्रो बस्ने घरसमेत छैन ।’ 

अत्यधिक चिसो बढेपछि सिरहाका विभिन्न पालिकाहरूले एक सातासम्मका लागि विद्यालय बन्दसमेत गरेका छन् ।  

ताजा खबर

सम्बन्धित खबर