२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

दश गजामा लागुऔषधविरुद्ध जनचेतनामूलक गोष्ठी

Nada
पवन जायसवाल
२०८१ असार १० गते २३:३३
Shares
दश गजामा लागुऔषधविरुद्ध जनचेतनामूलक गोष्ठी


नेपालगन्ज : लागुऔषध दुरुपयोग तथा अवैध ओसार पसारविरुद्धको ३७ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा विविध कार्यक्रम गरी सप्ताहव्यापी रुपमा दिवस भव्यताका साथ मनाइँदै छ । सोही अवसरमा सोमबार फेडेरेशन अफ ड्रग डिमान्ड रिडस्कसन नेपाल–भारत सिमानाको बाँके जिल्लासँग जोडिएको दशगजामा दुई देशका प्रशासनिक, अद्र्ध सैनिक सीमा सरक्षा बल र प्रहरी अधिकारीहरुको सहभागितामा इन्डो–नेपाल क्रस बोर्डर लागुऔषध विरुद्ध सचेतना तथा विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो । उक्त महासंघ नेपालभरि छरिएका लागु औषध तथा पुनःस्थापना केन्द्र्रहरुको छाता संगठन हो ।

ncell

प्रमुख आतिथि जिल्ला प्रसाशन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङ्गले लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अभियानमा दुबै देशका प्रशासनिक तथा सुरक्षा अधिकारीहरुबीच समन्वय तथा सहकार्यमा क्रियाशील रहेको बताए । युवा पुस्तालाई बर्वाद गर्ने खालको यस्तो विकृतिलाई नियन्त्रण गर्नु हामी दुबै देशको राज्यको दायित्व भएकोले नागरिक समाजको समेत सहयोग अपरिहार्य हुने कुरामा सहायक प्रमुख जिल्ला अधिकारी गुरुङले जोड दिए । 

विशिष्ठ अतिथि रुपैडिहा नगरपालिकाका चेयरमैन डा.उमा शंकर वैश्यले नेपाली युवाहरु सिमानाको बजार रुपइडिहामा आएर निर्वाध रुपमा लागुऔषध सेवन गरेर आफुलाई वर्वाद पारिरहेकोले यसको नियन्त्रणमा प्रहरी प्रशासनमा अहम् योगदान हुनुपर्ने विचार व्यक्त गरे । 

उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरिक्षक नारायण डाँगी, रुपैडिहा एसएसबी ४२ औं बाहिनीका इन्सपेक्टर अनुप रावत, जिल्ला प्रहरी कार्यालय बाँकेका लागुऔषध सम्बन्धी विषय हेर्ने प्रहरी निरीक्षक यम बहादुर बुढामगर, रुपइडिहा थानाका एसआइ विजय कुमारले पनि नागरिक समाज तथा यस क्षेत्रमा कार्यरत संघ संस्था तथा पत्रकारहरुको साथ र सहयोग बिना लागुऔषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अभियानमा सफलता पाउन सम्भव नहुने भएकोले सबैसंग सहयोगको अपिल गरे ।

उक्त कार्यक्रममा नेपाल भारत संयु्क्त पत्रकार मञ्चका संयोजक तथा वरिष्ठ पत्रकार पूर्णलाल चुके, रुपैडिहाका वरिष्ठ पत्रकार मनीराम शर्मा र गैर सरकारी संस्था महासंघ नेपाल बाँकेका सचिव आशीष वर्माले सिमावर्ती क्षेत्रमा रहेका सुरक्षाकर्मीहरुले लागुऔषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्ध लागी परेको भए तापनि यो जटिल समस्याको गहिराइमा पुग्न नसकेको भन्दै रुपइडिहाका औषधि व्यवसायीहरुसँग समन्वय गरेर अलि कडा निगरानी गर्न सकियो भने यो विकराल समस्याको न्यूनीकरण हुन सक्ने धारणा राखे । 

कार्यक्रममा गुल्म जमुनाहाका सशस्त्र प्रहरी नायव उपरीक्षक अश्विन कुमार थापा, सशस्त्र प्रहरी बल नेपाल हेड क्वाटर नं. ३० बागेश्वरी गण बाँकेका स.प्र.उ. विमल डाँगी, जिल्ला युवा क्लब सञ्जाल बाँकेका सचिव राजन वर्मा, जिल्ला प्रशासन कार्यालय बाँकेका वेदेश्वर गौतम, ईलाका प्रहरी कार्यालय जमुनाहाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक रविन्द्र बहादुर बम, प्रहरी सहायक निरीक्षकद्वय धनराज बुढाथोकी, खगेन्द्र विश्वकर्मा, लागुऔषधविरुद्धका सक्रिय अभियन्ता अभिराज क्षेत्रीद्वारा सहजीकरण गरिएको उक्त कार्यक्रममा सोही अभियानका अभियन्ता श्रीमती राजी रावल र वुँदी सुनारले पनि आफ्नो अनुभव सुनाउँदै सुझाव दिएका थिए भने रुपइडिहाका पत्रकार सञ्जय वर्माले पनि सुझाव दिएका थिए ।
 

ताजा खबर

सम्बन्धित खबर