२०८२ साउन १९ गते सोमवार / Aug 04 , 2025 , Monday
२०८२ साउन १९ गते सोमवार
Ads

कपिलवस्तुमा तिसरा अन्तर्राष्ट्रिय अवधी सांस्कृतिक महोत्सव शुरू

shivam cement
क्षितिज किरण
२०८१ असार ९ गते १८:११
कपिलवस्तुमा तिसरा अन्तर्राष्ट्रिय अवधी सांस्कृतिक महोत्सव शुरू

कपिलवस्तु : अवधी भाषाको प्रवर्द्धन र संरक्षण गर्ने उद्देश्यले कपिलवस्तुको तौलिहवामा २ दिने तिसरा अन्तर्राष्ट्रिय अवधी सांस्कृतिक महोत्सव शुरू भएको छ ।

लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा सहकारी मन्त्री खड्क बस्नेतले महोत्सवको उद्घाटन गर्दै १६औ शताब्दी देखि शुरू भएको अवधी भाषाको संरक्षण र प्रवर्द्धन गर्नुपर्ने बताए । प्रदेश सरकार भाषा कला लगायतको क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि तयार रहेको तर अवधी भाषीहरू समेत यसकालागि आफै अग्रसर हुनुपर्ने बताए ।

उनले आफ्नो भेषभुषा, भाषा कलाको संवर्द्धन गर्न अरूले भन्दा पनि ती समुदाय स्वयं अघि बढ्नुपर्ने बताए । उनले अवधी भाषाको संवर्द्धन प्रचार प्रसारका लागि सङ्ग्रहालय खोल्नुपर्ने र यसका लागि प्रदेश सरकारले समेत साथ दिने बताए । उनले देशमा धेरै जनसङ्ख्याले बोलिने भाषामा अवधी १० औ नम्बरमा भएकाले यसको  विकास अपरिहार्य रहेको बताए ।

सो अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका उप कुलपति बिमल कृष्ण श्रेष्ठले आफू नेपाल भाषी भए पनि अवधी भाषा समेत देश कै भाषा रहेको बताए । उनले लुम्बिनी प्रदेशमा बढी बोलिने अवधी भाषालाई अघि बढाउन समेत सबैले साथ दिनुपर्ने बताए । उनले प्रज्ञा प्रतिष्ठान अवधी भाषा कला संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि प्राथमिकताका साथ अघि बढेको बताए ।

सो अवसरमा लुम्बिनी प्रदेश सदस्य मधुसुदन शरण चौधरीले लुम्बिनी प्रदेश सरकारले अवधी भाषालाई अघि बढाउन विशेष पहल गर्नुपर्ने बताए । उनले अवधी भाषाको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारमा पालिकाहरूले समेत साथ दिनुपर्ने बताए ।

कार्यक्रममा प्रतिष्ठानका परिषद् सदस्य त्रेलोक्यमान बनेपाली, महाराजंज नगरपालिकाका मेयर अब्दुल कलाम, अवधी भारती संस्थानका अध्यक्ष राम बहादुर मिसिर, अवधी बिश्व विद्यालयका हिमांशु श्रीवास्तव, मधुओम मिश्र, हरिराज शर्मा, रमेश शर्मा लगायतले अवधी भाषा संस्कृतिलाई बढवा दिनु पर्नेमा जोड दिए । 
 

ADV

सम्बन्धित खबर

Advertise