२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

म्यासेडोनिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

Nada
२०८१ पुष १२ गते १२:५८
Shares
म्यासेडोनिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौंः वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी म्यासेडोनिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा खोटाङ केपीलासगढी गाउँपालिका–७ घर भइ काठमाडौं महानगरपालिका४ चण्डोल बस्ने २८ वर्षीय चिना कोयी राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  

ncell

राईले म्यासेडोनिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १२ लाख ९१ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं चण्डोलबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 


 

ताजा खबर

सम्बन्धित खबर