२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

हिन्दु स्वयंसेवक संघ नेपालगञ्जको वार्षिक योजना बैठक सम्पन्न

Nada
पवन जायसवाल
२०८१ असार ८ गते २१:२३
Shares
हिन्दु स्वयंसेवक संघ नेपालगञ्जको वार्षिक योजना बैठक सम्पन्न

नेपालगञ्ज : हिन्दु स्वयंसेवक संघ नेपाल नेपालगञ्ज बाँकेको वार्षिक योजना बैठक सम्पन्न भएको छ । हिन्दु स्वयंसेवक संघ नेपाल नेपालगञ्ज बाँकेका जिल्ला संघ चालक (अध्यक्ष) फूल चन्द तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा आद्य सरसञ्चालक डा. केशव वलीराम हेडगेवर, सदाशिवराज गोलगेवार (श्री गुरुजी)को तस्वीरमा दीप प्रज्वलित गरी कार्यक्रमको उद्घाटन गरिएको थियो ।

ncell

कार्यक्रममा हिन्दु स्वयंसेवक संघ नेपाल नेपालगञ्जका बौद्धिक प्रमुख भूपेन्द्र अधिकारीले संघको परिचय दिँदै प्रकाश पारेका थिए । 

कार्यवाहक जिल्ला सचिव धु्रवराज शर्माले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संघका बौद्धिक प्रमुख खडग बहादुर बोहराले संघको बारेमा प्रकाश पारेका थिए भने कर्णाली प्रदेशका सम्भाग संघ चालक (अध्यक्ष) तथा अधिवक्ता राजेन्द्र यादवले संघलाई कसरी अगाडि बढाउने भन्ने बारेमा प्रकाश पारेका थिए । 

विभाग संघ चाकल तथा अधिवक्ता राम कुमार दिक्षितले गाईको संरक्षण गर्नुपर्नेमा जोड दिँदै  दूध खाएर गाईलाई बाहिर नछाड्न र हरेक घर–घरमा एक–एक गाई पाल्न आग्रह गरे । 

जिल्ला संघ चालक तथा अधिवक्ता फूल चन्द तिवारीले संघका योजना तथा कार्यक्रमहरु प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण संघका कर्णाली, लुम्बिनी प्रदेशका सम्भाग प्रचारक विकुल दाहालले गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर