२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

पत्रकार महासंघको निर्वाचन आज

Nada
२०८१ मंसिर २८ गते ०८:११
Shares
पत्रकार महासंघको निर्वाचन आज

काठमाडौं : नेपाल पत्रकार महासंघको तीनै तहको निर्वाचन शुक्रबार हुँदैछ । केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि शुक्रबार मतदान हुँदैछ । 

ncell

निर्वाचनका लागि केन्द्र, प्रदेश र शाखाहरूमा मतदानको सबै प्रक्रिया पूरा भएको केन्द्रीय निर्वाचन समितिका संयोजक प्रा. चिरञ्जीवी खनालले जानकारी दिए ।

केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य र लेखा समितिका लागि केन्द्रीय निर्वाचन समितिले मतपत्र छापेर प्रदेश निर्वाचन समितिमार्फत शाखाहरूमा पुर्‍याइसकेको छ ।

यसपटकको निर्वाचनमा केन्द्रीय समितिका लागि ३ वटा मतपत्र छन् ।केन्द्रीय पदाधिकारीका लागि हल्का नीलो, प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यका लागि सेतो र अन्य केन्द्रीय सदस्य तथा लेखा समितिका लागि हल्का गुलाबी रङको मतपत्र छ । 

मतदाताले गोप्य मतदानबाट ३ तहको नेतृत्व छनोटका लागि मताधिकार प्रयोग गर्नेछन् । मतदानस्थलमा जाँदा आफ्नो परिचय खुल्ने म्याद भएको महासंघद्वारा जारी परिचयपत्र वा सूचना तथा प्रसारण विभागद्वारा जारी परिचयपत्र वा नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा नेपाल सरकारद्वारा जारी गरिएको परिचय खुल्ने तस्बिरसहितको परिचयपत्रका साथ उपस्थित भई मतदान गर्नुपर्नेछ ।

केन्द्रीय समितिको अध्यक्षका लागि ४ जनाको उम्मेदवारी परेको छ । अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाले उम्मेदवारी दिएका छन् । वरिष्ठ उपाध्यक्ष पदका लागि गोविन्दप्रसाद चौलागाईं, दीपक आचार्य र रोशन पुरीले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, उपाध्यक्ष महिलामा गंगा पौडेल र नीतु पण्डितको उम्मेदवारी परेको छ । समावेशी उपाध्यक्षमा उमिदप्रसाद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साहले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, महासचिवमा जन्मदेव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेले उम्मेदवारी दिएका छन् ।

ताजा खबर

सम्बन्धित खबर