२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

निःशुल्क आँखा शिविर : ४६८ जना सेवाग्राही लाभान्वित

Nada
२०८१ मंसिर २५ गते २१:५९
Shares
निःशुल्क आँखा शिविर : ४६८ जना सेवाग्राही लाभान्वित

रौतहट : रौतहटको दुर्गा भगवती गाउँपालिका बडहर्वास्थित सामुदायिक भवनमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । 

ncell

गरिब, दलित, महिला, मुस्लिम समुदायहरुलाई लक्षित गरी आँखा शिविर सञ्चालन गरिएको हो । बिहान ९ बजेदेखि सञ्चालन भएको शिविरमा ४ सय ६८ जना सेवाग्राही लाभान्वित भएका छन् । जसमध्ये १३६ जनाहरुलाई मंगलबार, बुधबार र बिहीबार गौर आँखा अस्पताल पुरेनवामा निःशुल्क शल्याक्रिया हुने जनाइएको छ ।

सांसद नागेन्द्र साहको पहलमा भएको शिविरमा डाक फाउन्डेसनको आर्थिक सहयोग, नेपाल नेत्र ज्योति संघ,गौर आँखा अस्पतालको आयोजना र स्थानीय आयोजक मनोज यादव नेतृत्वमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रमलाई सेवामुखी र थप प्रभावकारी बनाउनका लागि विशेष अतिथिको रूपमा गाउँपालिका प्रमुख शम्भु सिंह, गौर आँखा अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष बिजय कुमार सिंहले आफ्नो मन्तव्य राख्दै आँखाको पहुँचबाट बाहिर रहेका जनताहरुलाई समय सापेक्ष निःशुल्क सेवा प्रदान गर्न स्थानीय सरकार र हरेक दातृ निकायसँग सहकार्य गर्ने प्रतिबद्धता समेत जनाए ।

गौर आँखा अस्पताबाट खटिएका प्राविधिक टोलीको नेतृत्व वरिष्ठ दृष्टि विशेषज्ञ मदन चौधरी लगायत ९ जना कर्मचारी सहभागी भएका थिए  । शिविरमा आएका सेवाग्राहीहरुलाई आयोजक संस्थाहरुले निःशुल्क रुपमा मेडिसिनका साथै सहभागिहरुलाई परामर्श समेत दिइएको थियो ।

सम्बन्धित खबर