२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

मानव बेचबिखनको आरोपमा एकजना पक्राउ

Nada
२०८१ मंसिर २२ गते १६:५१
Shares
मानव बेचबिखनको आरोपमा एकजना पक्राउ

कपिलवस्तु  ः मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–७ का २५ वर्षीय शिशिर तामाङ रहेका छन् ।  

ncell

उनले काठमाडौंबाट विभिन्न प्रलोभनमा पारी झुक्याएर बेचबिखन तथा ओसारपसार गर्ने उद्देश्यले एक महिलालाई नेपाल तर्फको कृष्णनगर सीमा नाकाबाट भारततर्फ लैजान लागेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक माधव विश्वकर्माले बताए । 

पक्राउ गरिएका उनलाई प्रहरीले जिल्ला अदालतबाट थप अनुसन्धानका लागि ७ दिनको म्याद थप गराई इलाका प्रहरी कार्यालय कृष्णनगरको हिरासतमा राखेको छ । 
 

सम्बन्धित खबर