२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

मुक्तक

Nada
२०८१ मंसिर २२ गते ०६:१०
Shares
मुक्तक

-देवेन्द्र के. सी. ‘देवु’

ncell

बग्न सक्नेहरू धेरै रहेछन् दुनियाँमा समयको बहावसँगै
बाँच्नेहरू खुब भेटिए पलपल धनको हिसाबकिताबसँगै
उसको हिसाबकिताबमा कसले कति थुपारेको छ, गन्दैन
गर्न सके परसेवा सुधारिन्छ कि जीवन सत्यको भावसँगै ।

अव्यवस्थित शहरीकरणको बसोबासले आक्रान्त छन् फेवा
नहर, ढल, फोहरमैला र जलकुम्भी घाँसले आक्रान्त छन्
फेवा
जसको सुन्दरताको बयान गरिसाध्य छैन, प्राकृतिक महत्त्व उस्तै छ
भू–क्षय र मान्छेको अतिक्रमणको त्रासले आक्रान्त छन् फेवा ।

सम्बन्धित खबर