२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

तहसिलदार र कम्प्युटर अपरेटरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Nada
२०८१ मंसिर २१ गते १८:५७
Shares
तहसिलदार र कम्प्युटर अपरेटरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं :अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० हजार घुससहित पक्राउ परेका जिल्ला अदालत कपिलवस्तुका दुईजना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर  गरेको छ ।

ncell

जिल्ला अदालत कपिलवस्तुका तहसिलदार सन्तोष कुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।

केही दिनअघि सेवाग्राहीबाट २० हजार घुस लिइसकेको अवस्थामा उनीहरूलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो । अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार तहसिलदार मिश्र र कम्प्यु्टर अपरेटर पाण्डेको मिलेमतोमा वण्डा मुचुल्का बदर गरी पुनः वण्डा मुचुल्का गरिदिने तथा तारेख समेत दिने प्रयोजनार्थ सेवाग्राहीसँग २० हजार घुस लिएको पुष्टि हुन आएकाले उनीहरूविरुद्ध आज मुद्दा दायर भएको हो ।

उनीहरूविरुद्ध २० हजार बिगो दावीसहित जरिवाना सजायको माग गरिएको अख्तियारले जनाएको छ ।

सम्बन्धित खबर