२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

शिक्षकलाई मासिक रूपमा तलब भुक्तानी गर्न पालिकाहरूलाई परिपत्र

Nada
२०८१ मंसिर २१ गते १६:०७
Shares
शिक्षकलाई मासिक रूपमा तलब भुक्तानी गर्न पालिकाहरूलाई परिपत्र

काठमाडौं-शिक्षकलाई हरेक महिना तलब भुक्तानी गर्न देशभरका पालिकालाई परिपत्र गरिएको छ ।

ncell

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै पालिकालाई पत्राचार गर्दै शिक्षकको तलबभत्ता मासिक रूपमा भुक्तानी गर्न परिपत्र गरेको छ ।

चौमासिक रूपमा तलबभत्ता पाउँदै आएका शिक्षकलाई अबदेखि हरेक महिना तलब दिने निर्णय मंसिर १७ गतेको मन्त्रिपरिषद् बैठकले गरेको थियो । ‘शिक्षा ऐन, नियमावली तथा प्रचलित कानूनले कुनै शिक्षकको मासिक तलब भत्ता रोक्का राख्ने व्यवस्था गरेको अवस्थाबाहेक शिक्षकले काम गरेबापत पकाएको तलब भत्ता मासिक भुक्तानी गर्ने व्यवस्थाका लागि सबै स्थानीय तहमा कार्यार्थ पठाइएको छ,’ परिपत्रमा उल्लेख छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयलाई शिक्षकको तलबभत्ता मासिक भुक्तानीका लागि सबै पालिकामा पत्राचार गरिदिन आग्रह गरेको थियो ।


 

सम्बन्धित खबर